Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

जङ्गली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु


२ वैशाख, सिरहा । सिरहामा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । गोलबजार नगरपालिका–१ लमाडडामा गए राति नाच हेर्न गएका बेला हात्तीको आक्रमणबाट गोलबजार नगरपालिका–३ गोलामुक्सारका ७४ वर्षीय तुलबहादुर आलेमगरको ज्यान गएको हो ।

नाच हेरेर फर्किने क्रममा गोलबजार नगरपालिका–१ गुलरियामा एक्कासी हात्ती देखिएपछि अन्य साथीहरू भागेको र तुलबहादुर भाग्न नसक्दा हात्तीको आक्रमणमा परेको वडा नं ३ का अध्यक्ष धनप्रसाद लामाले जानकारी दिए ।

घटनालगत्तै पुगेको प्रहरी टोलीले हात्ती धपाएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक डुपेन्द्रप्रसाद बुढाथोकीले जानकारी दिए । शव परीक्षणका लागि प्रादेशिक अस्पताल लहान लगिएको छ


प्रकाशित मिति: २ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?