Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ


खगेन्द्र सुनारबारे सरकार

काठमाडौँ। सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारमाथि प्रक्रियाअनुसार अनुसन्धान गरेर अघि बढ्ने बताएको छ ।

शुक्रवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकपछि निर्णयहरु सुनाउने क्रममा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले यस्तो बताएका हुन्। सांसद सुनारले एक महिलामाथि अश्लिल शब्दहरु प्रयोग गरी धम्की दिएको आरोपसहितको अडियो बाहिरिएको थियो । सोही बारेमा सञ्चारकर्मीहरुले सोधेको प्रश्नमा मन्त्री तिमिल्सिनाले सरकारले आवश्यक पर्दा अनुसन्धान गरेर विधिवत रुपमा हेरी अघि बढ्ने बताएका हुन् । उनले सरकारले घटनाबारे आवश्यक चासो नदेखाएको भन्नेकुरामा सत्यता नरहेको भन्दै मन्त्री तिमिल्सिनाले आवश्यक प्रक्रियाअनुसार सरकार अघि बढ्ने बताएका छन् ।

उनले भने, ‘सरकारले आवश्यक पर्दा खेरी अनुसन्धान गरेर यसलाई विधिवत रुपमा कसरी अगाडि बढाउनु पर्छ । तपाईले कुन प्रमाणको आधारमा कुन तथ्यको आधारमा के आधारमा दबाउन खोजिएको भन्नुभयो, सरकारको त्यस्तो कुनै नियत छैन । त्यस्तो हुनु हुँदैन, हुँदैन । आवश्यक सबै प्रक्रिया अगाडि बढ्छ । मन्त्रिपरिषद्मा आज भएका निर्णयहरु मैले सुनाएँ । यो विषयमा मन्त्रिपरिषदको कुनै निर्णय भएको छैन ।’

मन्त्री तिमिल्सिनाले मन्त्रीपरिषद्ले सांसद सुनारको बारेमा पनि कुनै निर्णय नगरेको दाबी गरेका छन् ।


प्रकाशित मिति: ३० आश्विन २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?