Trending
>>   शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल >>   संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी >>   कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा >>   पृथ्वी राजमार्गको गलौंदी खण्डमा अवरुद्ध सडक खुलाउन प्रयास जारी >>   बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने >>   सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त >>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय
Logo
२४ आश्विन २०८३, शनिबार
२४ आश्विन २०८३, शनिबार

बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने


बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने

काठमाडौं । काठमाडौंको व्यस्त बबरमहल क्षेत्रमा पैदलयात्रुको आवागमनलाई सुरक्षित र सहज बनाउने उद्देश्यले निर्माणधीन आकाशे पुल (पेडेस्ट्रियन ब्रिज) निर्माणको अन्तिम चरणमा पुगेको छ ।

सडक डिभिजन काठमाडौंकाअनुसार हालसम्म परियोजनाको भौतिक प्रगति ९२ प्रतिशत सम्पन्न भइसकेको छ । सडक डिभिजन काठमाडौँका प्रमुख सुवोध देवकोटाकाअनुसार २०८२ फागुन २१ गते सम्झौता भई शुरु भएको उक्त पुल निर्माण कार्य निर्धारित समयभन्दा अगावै सम्पन्न गर्ने तयारी गरिएको छ । निर्माण कम्पनी हाइटेक इन्जिनियरिङ वर्कस प्रालि, हेटौँडाले जिम्मा पाएको यस आयोजनाको कुल लागत २ करोड ५२ लाख ४५ हजार ९ सय ५३ रुपैयाँ रहेको छ । पुलको मुख्य संरचनाको काम सकिएसँगै हाल रेलिङ राख्ने र भर्याङ जोड्ने कार्य अन्तिम चरणमा पुगेको छ । तोकिएको म्यादअनुसार पुल निर्माण सम्पन्न गर्ने अन्तिम म्याद २०८३ असोज ३० गतेसम्म भए तापनि सडक विभागले असोज २८ गतेबाटै उक्त पुल पैदलयात्रुको प्रयोगका लागि सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ । बबरमहल क्षेत्रमा सवारी चाप र पैदलयात्रुको बाक्लो उपस्थितिलाई मध्यनजर गर्दै यो पुल निर्माण अघि बढाइएको हो ।

निर्माण कार्य सम्पन्न भएपश्चात् यस सडक खण्डमा पैदलयात्रुले सुरक्षित रूपमा सडक पार गर्न सक्नेछन्, जसले दुर्घटना न्युनिकरणमा पनि मद्दत पुग्ने विश्वास गरिएको छ ।


प्रकाशित मिति: २४ आश्विन २०८३, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?