Trending
>>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग >>   जनताका प्रश्नको उत्तर नपाएरै रित्तो हात फर्किनुपर्‍योः सांसद राई >>   म्यादी प्रहरीका लागि कपडा खरिदसम्बन्धी प्रकरणः मनिष झाको संयोजकत्वमा अध्ययन समिति गठन >>   म्यादी प्रहरीको कपडा खरिद प्रकरणमा लेखा समितिको मौनताप्रति खगेन्द्र सुनारको प्रश्न >>   नेपाल एयरलाइन्स अब बिग्रिने ठाउँ नै छैन, निजी कम्पनी हुन्थ्यो भने बन्द भैसक्थ्यो:पर्यटनमन्त्री >>   नेपाल वायुसेवा निगमको लज्जास्पद अवस्था अन्त्य गर्न आवश्यकःएमाले सांसद कार्की >>   संकटको घेरामा नेपाल वायुसेवा निगम: महँगो ऋण र जहाज अभावले थलिए राष्ट्रिय ध्वजावाहक >>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

जनताका प्रश्नको उत्तर नपाएरै रित्तो हात फर्किनुपर्‍योः सांसद राई


काठमाडौँ।श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले सरकार जनताका जल्दाबल्दा प्रश्नहरूको उत्तर दिन चुकेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उनले अधिवेशनको अन्तिम दिनसम्म पनि सरकार प्रमुखबाट प्रतिपक्ष र जनताका जिज्ञासाको जवाफ प्राप्त नभएको बताएका छन् । उनले संसदबाट‘’रित्तै घर फर्किनुपरेको’ भन्दै दुःख व्यक्त गरेका छन् । सांसद राईले संसदको यो अधिवेशनमा सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । उनले प्रतिपक्षले उठाउँदै आएका जनसरोकारका विषयमा सरकार गम्भीर नभएको टिप्पणी गरेका छन् । राजनीतिशास्त्रको विद्यार्थीको हैसियतले ऐतिहासिक सन्दर्भ कोट्याउँदै राईले १५ साल र ६४ सालको चुनावी नतिजासँग तुलना गर्दै वर्तमान सत्ता समीकरणप्रति व्यङ्ग्य गरेका छन् । उनले सत्ता जोगाउनकै लागि मात्र केन्द्रित नभई ५ वर्ष सरकार सञ्चालन गर्न र सुशासन कायम गर्न सत्तापक्षलाई आग्रह गरेका छन् । राईले भने, ‘हामीले जनताका धेरै प्रश्नहरू सदनमा उठायौँ, तर सरकार प्रमुखले जिम्मेवार ढङ्गबाट त्यसको जवाफ दिन सक्नुभएन । आज म जनताको घर–आँगनमा फर्किँदा रित्तो हात फर्किँदैछु । सत्ताको अंकगणितमा दुई तिहाइको नजिक देखिए पनि जनताको म्यान्डेट र विपक्षमा रहेको जनमतको हेक्का राख्नुपर्छ । भ्रष्टाचार र जनअपेक्षा विपरितका गतिविधिले विगतमा घरहरू जलेका थिए, अब हामीले आफ्नो घर जोगाउन मुस्किल पर्ने अवस्था नआओस्।’ उनले भ्रष्टाचार र दलहरूको कार्यशैलीका कारण विगतमा देखिएका आन्दोलन र विद्रोहबाट शिक्षा लिन पनि सरकारलाई सचेत गराएका छन् । उनले अर्को अधिवेशनमा सरकारले प्रतिपक्षको मागलाई अपमान नभई सम्मानपूर्वक लिने वातावरण बनाउन सभामुखमार्फत सरकारलाई ध्यानाकर्षण गराएका छन् । सरकारलाई आफ्नो खुट्टामा आफैं बञ्चरो नहान्न र सरकार आफैं नढाल्न शुभकामना दिएका छन् ।

काठमाडौँ। श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले सरकार जनताका जल्दाबल्दा प्रश्नहरूको उत्तर दिन चुकेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उनले अधिवेशनको अन्तिम दिनसम्म पनि सरकार प्रमुखबाट प्रतिपक्ष र जनताका जिज्ञासाको जवाफ प्राप्त नभएको बताएका छन् । उनले संसदबाट‘’रित्तै घर फर्किनुपरेको’ भन्दै दुःख व्यक्त गरेका छन् । सांसद राईले संसदको यो अधिवेशनमा सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । उनले प्रतिपक्षले उठाउँदै आएका जनसरोकारका विषयमा सरकार गम्भीर नभएको टिप्पणी गरेका छन् । राजनीतिशास्त्रको विद्यार्थीको हैसियतले ऐतिहासिक सन्दर्भ कोट्याउँदै राईले १५ साल र ६४ सालको चुनावी नतिजासँग तुलना गर्दै वर्तमान सत्ता समीकरणप्रति व्यङ्ग्य गरेका छन् । उनले सत्ता जोगाउनकै लागि मात्र केन्द्रित नभई ५ वर्ष सरकार सञ्चालन गर्न र सुशासन कायम गर्न सत्तापक्षलाई आग्रह गरेका छन् ।

राईले भने, ‘हामीले जनताका धेरै प्रश्नहरू सदनमा उठायौँ, तर सरकार प्रमुखले जिम्मेवार ढङ्गबाट त्यसको जवाफ दिन सक्नुभएन । आज म जनताको घर–आँगनमा फर्किँदा रित्तो हात फर्किँदैछु । सत्ताको अंकगणितमा दुई तिहाइको नजिक देखिए पनि जनताको म्यान्डेट र विपक्षमा रहेको जनमतको हेक्का राख्नुपर्छ । भ्रष्टाचार र जनअपेक्षा विपरितका गतिविधिले विगतमा घरहरू जलेका थिए, अब हामीले आफ्नो घर जोगाउन मुस्किल पर्ने अवस्था नआओस्।’

उनले भ्रष्टाचार र दलहरूको कार्यशैलीका कारण विगतमा देखिएका आन्दोलन र विद्रोहबाट शिक्षा लिन पनि सरकारलाई सचेत गराएका छन् । उनले अर्को अधिवेशनमा सरकारले प्रतिपक्षको मागलाई अपमान नभई सम्मानपूर्वक लिने वातावरण बनाउन सभामुखमार्फत सरकारलाई ध्यानाकर्षण गराएका छन् । सरकारलाई आफ्नो खुट्टामा आफैं बञ्चरो नहान्न र सरकार आफैं नढाल्न शुभकामना दिएका छन् ।


प्रकाशित मिति: १६ आश्विन २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?