Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

जापानका प्रधानमन्त्री फुमियो किशिदामाथि आक्रमण


२ वैशाख, एजेन्सी । जापानका प्रधानमन्त्री फुमियो किशिदामाथि आक्रमण भएको छ । सार्वजनिक स्थानमा भाषण गरिरहेको अवस्थामा किशिदामाथि पाइप जस्तो वस्तुले आक्रमण गरिएको समाचार संस्था रोयटर्सले रिपोर्ट गरेको छ ।

जापानको प्रसारणमाध्यम एनएचके वर्ल्डले उक्त स्थानमा केही विष्फोट भएजस्तो आवाज सुनिएको समेत उल्लेख गरेको छ । तर, प्रधानमन्त्री उच्च सुरक्षा घेरामा सुरक्षित रहेको बताइएको छ ।

सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोहरूमा सुरक्षाकर्मीले घटनास्थल खाली गराइरहेको देखिएको छ । फुमियो किशिदाले पश्चिमी जापानी सहरमा माछा मार्ने बन्दरगाहको भ्रमण गरिसकेपछि भाषण सुरु गर्दैगर्दा आक्रमण भएको एनएचकेले उल्लेख गरेको छ ।

गत वर्ष जापानका पूर्वप्रधानमन्त्री सिन्जो अवेको भाषण गरिरहेकै अवस्थामा गोली हानी हत्या गरिएको थियो ।


प्रकाशित मिति: २ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?