Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

जापानका प्रधानमन्त्री फुमियो किशिदामाथि आक्रमण


२ वैशाख, एजेन्सी । जापानका प्रधानमन्त्री फुमियो किशिदामाथि आक्रमण भएको छ । सार्वजनिक स्थानमा भाषण गरिरहेको अवस्थामा किशिदामाथि पाइप जस्तो वस्तुले आक्रमण गरिएको समाचार संस्था रोयटर्सले रिपोर्ट गरेको छ ।

जापानको प्रसारणमाध्यम एनएचके वर्ल्डले उक्त स्थानमा केही विष्फोट भएजस्तो आवाज सुनिएको समेत उल्लेख गरेको छ । तर, प्रधानमन्त्री उच्च सुरक्षा घेरामा सुरक्षित रहेको बताइएको छ ।

सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोहरूमा सुरक्षाकर्मीले घटनास्थल खाली गराइरहेको देखिएको छ । फुमियो किशिदाले पश्चिमी जापानी सहरमा माछा मार्ने बन्दरगाहको भ्रमण गरिसकेपछि भाषण सुरु गर्दैगर्दा आक्रमण भएको एनएचकेले उल्लेख गरेको छ ।

गत वर्ष जापानका पूर्वप्रधानमन्त्री सिन्जो अवेको भाषण गरिरहेकै अवस्थामा गोली हानी हत्या गरिएको थियो ।


प्रकाशित मिति: २ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?