Trending
>>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने >>   अघिल्लो सरकार र बालेन सरकारमा केही फरक देखिएनः सांसद भाट >>   सरकारको विकल्प नआए सोमवारदेखि फिफाको निर्देशनअनुसार गतिविधि अघि बढाउँछौँ– एन्फा >>   लोककल्याणकारी विज्ञापनमा कटौती गर्ने गर्ने सरकारको निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति >>   देवानगञ्ज र गोलबजार घटनाबारे छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न एमाले सांसद मण्डलको माग >>   काँग्रेस महाधिवेशनमा एकता जुटाउन ‘जस्तोसुकै लचकता’ अपनाउन तयार छुः गगन थापा >>   सुकुम्बासी नागरिकको पुनःस्थापनामा भएको उपलब्धि सार्वजनिक गरियोस्ः सांसद थपलिया
Logo
१ आश्विन २०८३, बिहीबार
१ आश्विन २०८३, बिहीबार

अघिल्लो सरकार र बालेन सरकारमा केही फरक देखिएनः सांसद भाट


अघिल्लो सरकार र बालेन सरकारमा केही फरक देखिएनः सांसद भाट

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ताहिर अली भाटले सरकार राज्य सञ्चालन, सुशासन, रोजगारी, शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रमा असफल हुँदै गएको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उनले सरकारले जनतालाई सुशासन दिन नसकेको आरोप लगाउँदै अघिल्लो केपी शर्मा ओलीको नेतृत्वको सरकार तथा वर्तमान सरकारको कार्यशैलीमा कुनै फरक नरहेको टिप्पणी गरेका छन् । उनले मन्त्रीहरुले सल्लाहकारमा राष्ट्रिय फौज जस्तै भर्ना गर्न थालेको भन्दै आलोचना पनि गरेका छन् । शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत सरकारले प्रभावकारी काम गर्न नसकेको सांसद भाटको आरोप छ । उनले रासायनिक मलको उपलब्धताका लागि करोडौँ रुपैयाँ विनियोजन गरिएपनि किसानले मल पाउन नसकेको उनको भनाइ छ ।

उनले भने, ‘सम्माननीय सभामुख महोदय, राज्य पुरै असफलतिर ढल्किराखेको छ । सरकारले काम गर्न सकेन, जनतालाई सुशासन दिन सकेन । मन्त्रीको सल्लाहकार राष्ट्रिय फौज जस्तै भर्ना हुन लागेको छ । त्यसकारण पहिलाको सरकार र अहिलेको सरकारमा कुनै फरक मैले देखिराखेको छैन सभामुख महोदय । एउटा हिन्दीमा मलाई एउटा शायर याद आयो । ‘कुर्ते ने कहा पैजामे से हम तुम बने एक धागे से । हममे तुममे इतना फरक तुम्हें पहनता पीछे से, हमे पहनता आगे से ।’ बस त्यत्ति फरक छ । त्यसकारण युवा बेरोजगार व्याप्त छ । ५ सय युवालाई पनि रोजगारी दिन सकेन यो सरकारले । शिक्षा, स्वास्थ्य कुनैपनि क्षेत्रमा सरकारले राम्रो काम गर्न सकेन । किसानलाई यो सरकारले मल दिन सकेन । २ करोड रुपैयाँ कृषि माफियाको लागि अनुदान छुट्यायो र १ लाख, २ लाख, ४ लाख, ५ लाख काम गर्ने कृषक, गरीब कृषकको लागि १ रुपैयाँ पनि अनुदान छुट्याएन । त्यसकारण बीमामा यो बीमाको लागि अस्पतालमा बिरामी जान्छ, बीमाको महत्त्व दिँदैन । यसकारण मलाई लागेको छ सरकार हरेक ठाउँ असफल भइराखेको छ ।’

सरकार विस्तारै सबै क्षेत्रमा असफल हुँदै गएको सांसद भाटको आरोप छ । ।


प्रकाशित मिति: १ आश्विन २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?