Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

बौद्ध युवा क्लबले जित्यो एक लाख पुरस्कारको सेभेन ए साइड फुटबल


२ वैशाख ,गलेश्वर । म्याग्दीको बेनीनगरपालिका–२ बगरफाँटमा आयोजना गरिएको रु एक लाख पुरस्कार राशिको प्रथम सेभेन ए साइड खुल्ला फुटबल बौद्ध युवा क्लब बेनी मङ्गलाघाटले जितेको छ ।

नयाँ वर्ष २०८० को अवसर पारेर रिभरसाइड बगरफाँट युवा क्लबले आयोजना गरेको उक्त प्रतियोगिताको शुक्रबार साँझ भएको फाइनल खेलमा रिभरसाइड युवा क्लबलाई चारका विरुद्ध तीन गोलले पराजित गर्दै वौद्ध युवा क्लब विजेता बन्न सफल भएको हो ।

चैत २८ गतेदेखि चार दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा म्याग्दी र पर्वतका गरी २२ टिम सहभागि भएका थिए ।

प्रतियोगितामा प्रथम हुने बौद्ध युवा क्लबले रु एक लाख नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता वनेको रिभर साइड युवा क्लबले नगद रु ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पायो ।


प्रकाशित मिति: २ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?