Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

केरुङ नाका पुनः सञ्चालनमा ल्याउन सडक मर्मत कार्य तिब्रः १.१ किलोमिटरको दूरीसम्मको सडक सफा


केरुङ नाका पुनः सञ्चालनमा ल्याउन सडक मर्मत कार्य तिब्रः १.१ किलोमिटरको दूरीसम्मको सडक सफा

काठमाडौँ। नेपाल–चीन सीमास्थित केरुङ (जिरोङ) नाका जोड्ने अवरुद्ध सडक खण्ड मर्मत गरी यातायात सुचारु गराउन उद्धारकर्मीहरूले प्रयासलाई तिब्र पारेका छन् ।

गत अगस्ट २६ मा नेपालतर्फ खसेको हिम–पहिरो (आइस–रक एभलान्च) का कारण आएको भीषण लेदोसहितको पहिरोले केरुङ नाका क्षेत्रमा ठूलो क्षति पु¥याएको थियो । सोही समयदेखि अवरुद्ध रहेको यस महत्वपूर्ण व्यापारिक मार्गलाई पुनः सञ्चालनमा ल्याउन उद्धार टोलीहरू अहोरात्र कार्यक्षेत्रमा खटिएका छन् ।

सोमवार मध्याह्नसम्मको प्रगति विवरणअनुसार उद्धारकर्मीहरूले नाकाभन्दा करिव १.१ किलोमिटरको दूरीसम्मको सडक सफा गरिसकेका छन् ।क्षतिग्रस्त सडक खण्डहरूको मर्मत र अवरोध हटाउने कार्यलाई उच्च प्राथमिकतामा राखी द्रुत गतिमा अगाडि बढाइएको छ ।

नाकालाई यथाशिघ्र सञ्चालनमा ल्याउने लक्ष्यका साथ उद्धारकर्मीहरूले काम गरिरहेका छन् ।


प्रकाशित मिति: १५ भाद्र २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?