Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

विपद्मा सरकार खोज्नुपर्ने अवस्था आयो, कहिले काहीँ हेलिकप्टरमा उडेको देखिन्छः ओली


काठमाडौँ।नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका कारण हुने विपद्बाट नेपालजस्ता विकासशील तथा जोखिममा रहेका मुलुकले भोग्नुपरेको क्षतिको पूर्ति विकसित मुलुकले गर्नुुपर्ने बताएका छन् । सोमवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा एमाले राजधानी प्रदेश कमिटीले बाढीपीडितका लागि हस्तान्तरण गरेको १० लाख रुपैयाँको चेक ग्रहण गर्दै उनले जलवायुजन्य विपद् तथा पर्वतीय विपद्का लागि नेपालजस्ता मुलुक जिम्मेवार नरहेको बताएका छन् । उनले रसुवा बाढीजस्तै मानवीय कारणबाट भएका पर्वतीय तथा अन्य विपद्मा नेपालको कुनै योगदान नरहेको दाबी गर्दै वातावरण विनाशमा बढी योगदान गर्ने विकसित देशले त्यसको क्षति व्यहोर्नुपर्ने बताएका छन् । उनले आफूले संयुक्त राष्ट्रसंघमा समेत जलवायुजन्य क्षतिका विषयमा आवाज उठाएको उल्लेख गर्दै यस विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यान जान नसकेको बताएका छन् । उनले रसुवा बाढीपछि अन्तर्राष्ट्रिय समुदायबाट नेपालले प्राप्त गरिरहेको सहयोगप्रति धन्यवाद दिँदै जलवायु क्षतिपूर्तिको विषयलाई समेत प्राथमिकताका साथ उठाउनुपर्ने बताएका छन् । उनले कार्बन उत्सर्जन न्युनिकरणमा योगदान गर्ने तर कार्बन उत्सर्जनमा न्यून योगदान भएका देशले जलवायु क्षतिको भार व्यहोर्नुपरेको भन्दै कार्बन ट्रेडको अवधारणालाई न्यायको अंगका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएका छन् । उनले भने, ‘पछिल्लो समयका पर्वतीय विपद्को कुरामा मानवीय कारणले जे जति भएको छ त्यसमा नेपालजस्ता देशहरु हामीहरु जिम्मेवार छैनौँ । हाम्रो किञ्चित पनि जिम्मेवारी छैन, विकसित देशहरुको जिम्मेवारी छ । त्यसकारण विकसित देशहरुले यस सन्दर्भमा मर्कामा पर्न पर्ने, विनाशका लागि कुनै प्रकारको योगदान नगरेको, वातावरण विनाशका लागि योगदान ठ्याम्मै नगरेको त्यसको क्षति चाहिँ व्यहोर्नुपर्ने हामी र हामी जस्ता साना देशहरुलाई हामी र हामी जस्ता भुल्नेरेवल देशहरुले क्षतिपूर्ति दिनुपर्छ । मैले यो संयुक्त राष्ट्र संघको आफ्नो मन्तव्यमा उठाएको थिएँ । यसमा पर्याप्त ध्यान जान सकेको छैन । आज अन्तर्राष्ट्रिय मित्रहरुले हामीलाई सहयोग गरिरहनु भएको छ, म हार्दिक धन्यवाद भन्न चाहन्छु । हाम्रो दलको तर्फबाट भन्न चाहन्छु, । तर ४०–५० करोडको सहयोग गर्नुहोला । त्यति सहयोग त हाम्रो हाम्रो एक घर बगाएकोले भौतिक क्षतिमा गएको छ, एक घरमा । एउटा कार्यालयमा गएको छ । त्यसकारण यो यो दया, माया, करुणाको मात्रै होइन प्रश्न । वातावरण बिगारे बापत पहिले यो कार्बन ट्रेड भन्ने थिएन । अहिले कार्बन ट्रेडको कन्सेप्ट एउटा न्यायको अङ्गको रुपमा र कार्बन कन्ट्रीब्युट नगरेर कार्बन न्यूनीकरणमा कन्ट्रीब्युट गर्ने देशहरुलाई दिने, प्राप्त गर्ने अधिकारको रुपमा त्यो स्थापित हुँदै आएको छ । यसमा हामीले दाबी पनि गर्नुपर्छ ।’ उनले रसुवा बाढी तत्कालको विपद् नभई भविष्यमा झन ठूलो खतरा रहेको संकेतका रुपमा बुझ्नुपर्ने बताएका छन् ।

काठमाडौँ।नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले रसुवा बाढीपछि सरकारले खोज, उद्धार र राहतको काम प्रभावकारी रुपमा गर्न नसकेको आरोप लगाएका छन् ।

सोमवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा एमाले नेकपा एमाले राजधानी प्रदेश कमिटीबाट बाढी पीडितलाई हस्तान्तरण गरिएको दश लाखको चेक ग्रहण गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले रास्वपा सांसद र मन्त्रीहरुलाई लक्षित गर्दै केहीले नागरिकलाई हप्कीदप्की गरेर फर्किने, केहीले आधारहीन निर्देशन दिने र केहीले समस्यामाथि थप समस्या सिर्जना गर्ने टिप्पणी पनि गरेका छन् । उनले विपद्पछि केन्द्रिय सरकारलाई खोज्नुपर्ने अवस्था रहेको टिप्पणी समेत गरेका छन् । उनले निजी क्षेत्रका हेलिकप्टरलाई उद्धारमा प्रयोग गर्न सरकारले रोक लगाएको भन्दै असन्तुष्टि समेत जनाएका छन् । उनले उद्धारका लागि तालिम प्राप्त जनशक्ति र हेलिकप्टर भएका निजी क्षेत्रलाई परिचालन गर्न दिए थप प्रभावकारी उद्धार हुनसक्ने भएपनि सरकारको त्यसतर्फ ध्यान नगएको बताएका छन् । अध्यक्ष ओलीले सुरुङमुनि तथा अन्य जोखिमयुक्त क्षेत्रमा हेलिकप्टरबाट मात्र उद्धार सम्भव नहुने बताए । उनले पीडितलाई आफन्तको खोजी गर्नसमेत सरकारले नदिएको भन्दै आपत्ति जनाएका छन् ।

उनले भने, ‘ कोही जान्छन् नागरिकलाई हप्कीदप्की गरेर फर्किन्छन्, बडप्पन देखाउँछन् । कोही जान्छन् आधारहीन निर्देशन दिएर फर्किन्छन् । कोही समस्यामाथि समस्या थपेर फर्किन्छन् । हामी समस्यामा मलमपट्टी लगाउन खोजिरहेका छौँ । यतिखेर पनि हाम्रो पार्टीका नेता कार्यकर्ताहरू, स्थानीय र प्रदेशका जनप्रतिनिधिहरु समेत स्थलमै खटिएर काम गरिरहनुभएको छ । यस्तो अवस्थामा सरकार कहाँ छ खोज्नुपर्छ । केन्द्रीय सरकार चाहीँ कहाँ छ ? कहिले कहिले हेलिकप्टरमा उडेको देखिन्छ । घरको छतमा कोही छ भने त्यसलाई बाढी गइसक्यो, घरको छतमा घर टिक्या छ, घरको छतमा मान्छे छ भने निकालेको देखिन्छ । यस्तै यस्तै काम गएको देखिन्छ । तैपनि धन्यावाद केही त गरेको छ । निजी क्षेत्रलाई हेलिकप्टर चलाउन दिएको छैन । निजी हेलिकप्टर पनि जान्नेहरू छन् त्यहाँ, उद्धार गर्न उत्सुकहरू छन् । उद्धारका निम्ति ट्रेनिङ लिएका मान्छेहरू छन् । त्यस्ता मान्छेहरूलाई हेलिकप्टर प्रयोग गर्न दिने हो भने तिनीहरूले काम गर्न पाउने हो भने धेरै काम गर्थे, तर प्रतिबन्ध लगाएर हेलिकप्टर रोक्दिएको छ । अब रेस्क्यु कहाँ कहाँनेरी गर्नुहुन्छ ? सुरुङमुनिको रेस्क्यु त हेलिकप्टरबाट गर्दैन । त्यहाँ मान्छे रोकेर राखेको बल्ल खोल्या छ । स्थानीयले हामीलाई कमसेकम आफन्तहरू खोज्न देऊ न भनिरहेका छन् । सरकारले दिएको छैन । यस्तो अवस्थामा पनि हामीले काम गरिरहेका छौँ ।’

उनले एमालेका नेता तथा कार्यकर्ता तथा स्थानीय र प्रदेशका जनप्रतिनिधि प्रभावित क्षेत्रमा काम गरिरहेको दाबी समेत गरेका छन् ।


प्रकाशित मिति: १५ भाद्र २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?