Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

नागरिकलाई सरकारप्रति विश्वास दिलाउन संसद सुचारु गर्न आवश्यक छः सचेतक राई


नागरिकलाई सरकारप्रति विश्वास दिलाउन संसद सुचारु गर्न आवश्यक छः सचेतक राई

काठमाडौँ। नेपाली काँग्रेसका सचेतक निश्कल राईले नागरिकलाई सरकारप्रति विश्वास दिलाउन संसद सुचारु गर्न आवश्यक रहेको बताएका छन् ।

सोमवार बसेको काँग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बाढीपीडितहरुको व्यवस्थापन तथा पुनस्र्थापना लगायतका विषयमा छलफल गर्न संसद सुचारु गर्न आवश्यक रहेको बताएका छन् । नागरिकलाई सरकारप्रति विश्वास दिलाउन र राज्य जवाफदेही छ भन्ने अनुभूति गराउन संसद सञ्चालन आवश्यक रहेको उनको भनाई छ । उनले संसद सुचारु गरेर राहत वितरण, खोज तथा उद्धार, पुनःस्थापना र पुनर्संरचनालगायतका काम निष्पक्ष र प्रभावकारी ढंगले अघि बढाउन उच्चस्तरीय संयन्त्र गठन गर्न आग्रह गरेका छन् । संसद्मा विपत्तिसँग सम्बन्धित विषय उठ्ने र ती विषयका आधारमा सरकार समाधानतर्फ अघि बढ्नुपर्ने उनको भनाई छ ।

उनले भने, ‘यो विपत्ति सरकारलाई मात्र आएको होइन, हामी सबैलाई आएको हो । त्यसैले यो विपत्तिमा एकजुट हुनुपर्ने स्थिति छ । तर त्यसको समन्वयकारी भुमिका मुख्यतः सरकारले नै गर्नुपर्छ । सरकारले यो बेलामा सदनलाई पनि सुचारु गर्नुहुन्छ भन्ने लागेको थियो । किनभने यो बेला जवाफदेहिता अत्यन्त धेरै चाहिएको छ । नागरिकलाई विश्वास चाहिएको छ । नागरिकमाथि तपाइँका सरकार छ भन्नेकुराको आभास चाहिएको छ । एकद्वार प्रणाली राहत वितरणको कुरा भएको छ । पुनःस्थापना कुराको कुरा भएको छ । सँगै तपाइँको अन्य जति पनि काम भइरहेको छ, त्यो निष्पक्ष ढंगबाट गर्नको लागी सरकारले पक्कै पनि उच्चस्तरीय समिति गठन गर्नेछ । सदनलाई पनि सुचारु गर्नेछ र सदनमा यस विषयमा तपाइँको थुप्रै कुराहरू उठ्नेछन्, ती उठेका कुराहरूलाई सरकार समाधान तिर लाग्नेछ भन्ने हामीलाई आशा छ, तर हामी परिपक्व पनि छौँ ।’

विपत्ति सरकारको मात्र नभई सबैको साझा समस्या भएकाले त्यसको सामना गर्न सबै राजनीतिक दल र पक्ष एकजुट हुनुपर्ने उनको भनाई छ । त्यसका लागि नेतृत्वदायी र समन्वयकारी भूमिका सरकारले नै निर्वाह गर्नुपर्ने उनले बताएका छन् ।


प्रकाशित मिति: १५ भाद्र २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?