Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

विगतबाट पाठ सिक्न नसक्दा उद्धार तथा राहत वितरणमा राज्यको कमजोरी दोहोरियोः नेता भण्डारी


काठमाडौँ। नेपाली काँग्रेसका नेता चन्द्रकान्त भण्डारीले विगतका विपद्बाट पाठ सिक्न नसक्दा रसुवा बाढीपछि समेत उद्धार तथा राहत व्यवस्थापन प्रणालीमा कमजोरी दोहोरिएको बताएका छन्। आईतवार पार्टी केन्द्रिय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले विगतका विपद्बाट पाठ सिकेर सोहीअनुसार भौतिक विकास निर्माण र विपद् प्रतिकार्यको तयारी गर्नुपर्नेमा त्यस्तो गर्न नसकिएको बताएका छन् । उनले जलविद्युत् आयोजनाका टनेलमा रहेका नागरिकको उद्धारमा भारत र चीनले सहयोग गर्न चाहाँदा पनि सरकार सहयोग माग्न हिच्किचाहेको आरोप लगाएका छन् । उनले सरकारको उद्धार तथा राहत वितरण कार्यमा समेत कमजोरी देखिएको बताएका छन् । उनले मुलुक संकटमा रहेको अवस्थामा सबै पक्ष मिलेर काम गर्नुपर्नेमा जोड दिँदै त्यसको लागि संघीय सरकारले गति बढाउनुपर्ने बताएका छन् । उनले भने, ‘हामीले विगतका विपद्बाट पाठ सिक्नुपथ्र्यो । सकेनौँ । २०७२ सालमा भूकम्प आउँदाखेरी भारत र चीनबाट मान्छे आएर हामीलाई उद्धार गरेको हो नि । हामीसँग त्यस्तो स्रोत र जनशक्ति छैन । टनेलमा रहेका नागरिकको उद्धारमा भारत र चीनले सहयोग गर्छौँ भन्दा हामी हिच्किचायौँ । अर्को कुरा उद्धार र राहत वितरणमा पनि हामीले कमजोरी देखेका छौँ । अहिले हामी राष्ट्रिय संकटमा छौँ । यस समयमा हामी सबै मिलेर काम गर्नुपर्छ । सरकारले गति बढाउनुपर्छ । नागरिकको सबैभन्दा नजिकको सरकार स्थानीय तह हो । त्यसकार राहत वितरणको जिम्मेवारी स्थानीय तहलाई दिनुपर्छ ।’ उनले नागरिकको सबैभन्दा नजिकको सरकार स्थानीय तह भएकाले राहत वितरणको जिम्मेवारी स्थानीय तहलाई दिनुपर्नेमा जोड दिएका छन् ।

काठमाडौँ। नेपाली काँग्रेसका नेता चन्द्रकान्त भण्डारीले विगतका विपद्बाट पाठ सिक्न नसक्दा रसुवा बाढीपछि समेत उद्धार तथा राहत व्यवस्थापन प्रणालीमा कमजोरी दोहोरिएको बताएका छन्।

आईतवार पार्टी केन्द्रिय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले विगतका विपद्बाट पाठ सिकेर सोहीअनुसार भौतिक विकास निर्माण र विपद् प्रतिकार्यको तयारी गर्नुपर्नेमा त्यस्तो गर्न नसकिएको बताएका छन् । उनले जलविद्युत् आयोजनाका टनेलमा रहेका नागरिकको उद्धारमा भारत र चीनले सहयोग गर्न चाहाँदा पनि सरकार सहयोग माग्न हिच्किचाहेको आरोप लगाएका छन् । उनले सरकारको उद्धार तथा राहत वितरण कार्यमा समेत कमजोरी देखिएको बताएका छन् । उनले मुलुक संकटमा रहेको अवस्थामा सबै पक्ष मिलेर काम गर्नुपर्नेमा जोड दिँदै त्यसको लागि संघीय सरकारले गति बढाउनुपर्ने बताएका छन् ।

उनले भने, ‘हामीले विगतका विपद्बाट पाठ सिक्नुपथ्र्यो । सकेनौँ । २०७२ सालमा भूकम्प आउँदाखेरी भारत र चीनबाट मान्छे आएर हामीलाई उद्धार गरेको हो नि । हामीसँग त्यस्तो स्रोत र जनशक्ति छैन । टनेलमा रहेका नागरिकको उद्धारमा भारत र चीनले सहयोग गर्छौँ भन्दा हामी हिच्किचायौँ । अर्को कुरा उद्धार र राहत वितरणमा पनि हामीले कमजोरी देखेका छौँ । अहिले हामी राष्ट्रिय संकटमा छौँ । यस समयमा हामी सबै मिलेर काम गर्नुपर्छ । सरकारले गति बढाउनुपर्छ । नागरिकको सबैभन्दा नजिकको सरकार स्थानीय तह हो । त्यसकार राहत वितरणको जिम्मेवारी स्थानीय तहलाई दिनुपर्छ ।’

उनले नागरिकको सबैभन्दा नजिकको सरकार स्थानीय तह भएकाले राहत वितरणको जिम्मेवारी स्थानीय तहलाई दिनुपर्नेमा जोड दिएका छन् ।


प्रकाशित मिति: १४ भाद्र २०८३, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?