Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

सरकारले राज्यको सामर्थ्य कब्जा गर्दा विपद् व्यवस्थापन प्रभावकारी भएनः अध्यक्ष ओली


सरकारले राज्यको सामर्थ्य कब्जा गर्दा विपद् व्यवस्थापन प्रभावकारी भएनः अध्यक्ष ओली

काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राज्यको सामथ्र्यमाथि एकाधिकार जमाउँदा विपद् व्यवस्थापन र उद्धार कार्य प्रभावकारी हुन नसकेको टिप्पणी गरेका छन् ।

आईतवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा रसुवाको बाढीपहिरो सम्बन्धी स्थलगत अनुगमन प्रतिवेदन बुझ्दै अध्यक्ष ओलीले सरकारको कार्यशैलीप्रति आलोचना गरेका हुन् । महासचिव शंकर पोखरेलले बुझाएको उक्त प्रतिवेदन ग्रहण गर्ने क्रममा अध्यक्ष ओलीले सरकार आम नागरिकका लागि ‘अदृश्य’ र ‘अगम्य’ भएको आरोप लगाएका छन् । सबै राजनीतिक दलहरूले विपद्लाई साझा समस्याका रूपमा लिएर सहयोगको प्रतिवद्धता जनाउँदा समेत सरकारले राजनीतिक जस लिने होडबाजी गरेको ओलीको भनाइ छ । अध्यक्ष ओलीले उद्धार कार्यमा विशेषज्ञता हासिल गरेका संस्थाहरूलाई समेत सरकारले परिचालन गर्न नदिएकोमा आपत्ति जनाएका छन् । विशेषगरी नेपाल पर्वतारोहण संघ जस्ता दक्ष संस्थाहरूलाई खोजी तथा उद्धारमा संलग्न हुन नदिइएको र निजी क्षेत्रका हेलिकप्टरहरू भाडामा लिएर प्रयोग गर्न समेत अवरोध सिर्जना गरिएको उनले उल्लेख गरेका छन् । सरकारले विज्ञहरूको दक्षता र क्षमताको मद्दत लिनुको सट्टा उनीहरूको सक्रियतामा रोक लगाएको उनको दाबी छ ।

अध्यक्ष ओलीले भने, ‘सरकारले राज्यको सामथ्र्य आफ्नो नियन्त्रणमा राखेर एक किसिमले अगम्य र अप्राप्य जस्तो व्यवहार ग¥यो । वास्तवमा प्रदेश र स्थानीय तहका सरकारसँग समन्वय गरेर काम गर्नुपर्दथ्यो । सबै राजनीतिक दलले यो साझा दुःख र राष्ट्रिय समस्या हो, श्रेयको होडबाजी होइन, संयुक्त प्रयासबाट समाधान खोज्नुपर्छ भनेका छन् । हाम्रो पार्टीले पनि सरकारलाई सहयोग गर्न तयार रहेको स्पष्ट रूपमा बताएको छ । तर सरकारले उपलब्ध साधनस्रोतको प्रभावकारी प्रयोग गर्न सकेन । हेलिकप्टर प्रयोग गरे पनि नेपाल माउन्टेनियरिङ एसोसिएसनजस्ता उद्धार कार्यमा दक्ष संस्थाहरूको सहयोग लिएन । उनीहरूलाई खोजी तथा उद्धारमा संलग्न गराइएन, हेलिकप्टर भाडामा लिएर परिचालन गर्ने अवसर पनि दिइएन । उनीहरूको दक्षता र अनुभवसमेत उपयोग गरिएन ।’

महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले रसुवाको बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरी तयार पारेको प्रतिवेदन आईतवार अध्यक्ष ओलीलाई हस्तान्तरण गरेको हो ।


प्रकाशित मिति: १४ भाद्र २०८३, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?