Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

विपद् व्यवस्थापन र राहतका लागि राजनीतिक दलहरूको साझा प्रतिवद्धता


विपद् व्यवस्थापन र राहतका लागि राजनीतिक दलहरूको साझा प्रतिवद्धताः राहत तथा पुनर्निर्माणलाई तिब्रता दिने निर्णय

काठमाडौँ। भदौ १० गते मुलुकका विभिन्न स्थानमा गएको विनाशकारी बाढी तथा पहिरोपछि उत्पन्न परिस्थितिको सामना गर्न र राहत तथा पुनर्निर्माणका कार्यलाई प्रभावकारी बनाउन राजनीतिक दलहरूले साझा प्रतिवद्धता व्यक्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा बिहीवार सम्पन्न सर्वदलीय बैठकमा सहभागी विभिन्न राजनीतिक दलका नेताहरूले विपद्को यस घडीमा सरकारलाई पूर्ण सहयोग गर्ने र राष्ट्रिय एकताका साथ अघि बढ्ने संकल्प गरेका हुन् । बैठकमा नेपाली काँग्रेसका सभापति गगन थापाले विपद् व्यवस्थापनलाई दीर्घकालीन रूपमा राष्ट्रिय प्राथमिकताको विषय बनाउनुपर्नेमा जोड दिएका छन् । उनले जलवायु परिवर्तन र हिमाली क्षेत्रमा बढ्दो जोखिमलाई गम्भीरताका साथ लिँदै राजनीतिक दलहरूलाई आफ्ना संयन्त्रमार्फत राहत संकलनको अनुमति दिनुपर्ने धारणा राखेका छन् ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेपालले जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय स्तरमा सशक्त आवाज उठाउनुपर्ने बताएका छन् । उनले विपद् पूर्वसूचना प्रणालीलाई थप भरपर्दो र प्रभावकारी बनाउनुपर्ने उल्लेख गर्दै संकटको समयमा सबै दल एकजुट रहेको सन्देश प्रवाह गर्न आवश्यक रहेको बताएका छन् ।

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले उद्धार कार्यलाई थप तिब्र र समन्वित बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । उनले बेपत्ताहरूको खोजीका लागि विशेष कार्यदल गठन, पूर्वाधारको तत्काल मर्मत तथा विद्युत र खानेपानी सेवा यथाशीघ्र सुचारु गर्न माग गरेका छन् । महासचिव पोखरेलले विपद् व्यवस्थापनमा छिमेकी मुलुकहरूसँगको सूचना आदानप्रदान संयन्त्रलाई बलियो बनाउनुपर्नेमा समेत जोड दिएका छन् ।

बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले राहत र उद्धारमा हुने राजनीतिकरण अन्त्य गरी एकद्वार प्रणाली लागू गर्नुपर्ने सुझाव दिएका छन् । उनले नेपाल, भारत र चीनबीच त्रिपक्षीय सूचना समन्वय संयन्त्रको आवश्यकता औंल्याएका छन्।

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारको राहत प्रयासमा आफूहरूको पूर्ण समर्थन रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।

विपद्को क्षति र अन्तर्राष्ट्रिय सहयोगका सन्दर्भमा जानकारी दिँदै रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले विश्व बैंकले १७ करोड अमेरिकी डलर, अमेरिका र एसियाली विकास बैंकले ५/५ लाख डलर सहयोग गर्ने प्रतिवद्धता जनाएको जानकारी दिएका छन् । उनले करिव ७०० मेगावाट क्षमताका विद्युत आयोजनामा क्षति पुगेको र रसुवागढी लगायतका क्षेत्रमा मानवीय क्षति भएको उल्लेख गर्दै प्रभावित क्षेत्रका लागि सरकारले छिट्टै विशेष आर्थिक प्याकेज घोषणा गर्ने बताएका छन् ।

बैठकमा सहभागी सुरक्षा निकाय र मन्त्रालयका प्रतिनिधिहरूले सुरुङ मार्ग तथा संवेदनशील क्षेत्रमा उद्धार कार्य जारी रहेको र सञ्चार तथा आवागमन पुनःस्थापना गर्न टोली परिचालन गरिएको जानकारी दिएका थिए । जनमत पार्टीका नेता चन्दन सिंहले नागढुंगा क्षेत्रको ट्राफिक जाम र जनजीवनको समस्या समाधानमा जोड दिएका छन् ।

बैठकको समापन गर्दै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रिय विपद्को यस घडीमा सबै दलले देखाएको जिम्मेवारीपन र ऐक्यवद्धताप्रति आभार व्यक्त गरेका छन् ।


प्रकाशित मिति: ११ भाद्र २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?