Trending
>>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह >>   जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) >>   टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम >>   सन् २०१३ को रेहानली बम विष्फोटका मुख्य योजनाकार टर्कीमा पक्राउ >>   किर्गिस्तानले अन्तरिक्षमा पठायो पहिलो राष्ट्रिय भू–उपग्रह >>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

निर्धारित समयमै महाधिवेशन सम्पन्न हुन्छः सभापति थापा


निर्धारित समयमै महाधिवेशन सम्पन्न हुन्छः सभापति थापा

काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको विधान, संविधान र अदालतको आदेशानुसार तोकिएकै समयभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यता रहेको बताएका छन् ।

मंगलवार ललितपुरको सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले समयको चापलाई मध्यनजर गर्दै कार्यतालिकाअनुसार अघि बढ्न निर्देशन दिएका छन् । सभापति थापाले पार्टी अहिले संवैधानिक व्यवस्था, विधान र अदालतको फैसलाले बाँधिएको उल्लेख गरेका छन् । यसपटक क्रियाशील सदस्यताको विवरण डिजिटलाइज्ड भएकाले विगतको तुलनामा केही सहज हुने अपेक्षा राख्दै उनले प्रक्रियामा कुनैपनि प्रकारको अनियमितता वा पूर्वाग्रह हुन नहुनेमा सचेत गराएका छन् । महाधिवेशनको औपचारिक प्रक्रिया प्रारम्भ भएको जानकारी दिँदै उनले निर्वाचन समितिले तय गरेको कार्यतालिकालाई पूर्ण रूपमा पालना गरिने स्पष्ट पारेका छन् । केन्द्रिय कार्यसमितिले असोज १६ गतेको अन्तिम मिति र स्थान तय गरिसकेकाले सोही मितिलाई आधार मानेर जिल्ला तथा अन्य तहका अधिवेशनहरू सञ्चालन गर्न उनले आग्रह गरेका छन् ।

सभापति थापाले भने, ‘अदालतले असोज १६ गतेलाई महाधिवेशनको अन्तिम आधार मानेको छ। त्यसैले हामीसँग अब समयको सुविधा छैन । हामीले अत्यन्तै छोटो अवधिभित्र सबै प्रक्रिया टुङ्ग्याउनुपर्ने चुनौती छ । अधिवेशनको प्रक्रिया टुङ्गिँदै गर्दा कुनै पनि प्रश्न नउठ्ने गरी निष्पक्ष र पारदर्शी ढङ्गले काम सम्पन्न गर्नुपर्नेछ ।’

सभापति थापाले जिल्ला तहमा हुने अधिवेशनमा कानून व्यवसायी, शिक्षक, प्राध्यापक लगायतका विभिन्न पेशाकर्मीहरूलाई समेत सहभागी गराई थप व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका छन् । विधानमा रहेका नयाँ व्यवस्थाहरू, निर्वाचन निर्देशिका र नियमहरूका बारेमा स्पष्ट भएर अघि बढ्दा भविष्यमा आउन सक्ने कानूनी जटिलताहरू कम हुने उनको भनाइ छ । उनले निर्वाचन समितिलाई आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न आग्रह गर्दै सबै पक्षले यस प्रक्रियामा अपनत्व महशुस गर्ने वातावरण निर्माण गरिने विश्वास व्यक्त गरेका छन् ।


प्रकाशित मिति: २ भाद्र २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?