Trending
>>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह >>   जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) >>   टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम >>   सन् २०१३ को रेहानली बम विष्फोटका मुख्य योजनाकार टर्कीमा पक्राउ >>   किर्गिस्तानले अन्तरिक्षमा पठायो पहिलो राष्ट्रिय भू–उपग्रह >>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

दलहरूकै कमजोरीका कारण संक्रमणकालीन न्याय टुंगोमा पुग्न सकेनः मैना कार्की


दलहरूकै कमजोरीका कारण संक्रमणकालीन न्याय टुंगोमा पुग्न सकेनः मैना कार्की

काठमाडौँ। पूर्वसांसद तथा द्वन्द्वपीडित मैना कार्कीले दलहरुकै कमजोरीको कारण संक्रमणकालीन न्याय (टिआरसी)सम्बन्धी विषय टुंगोमा पुग्न नसकेको बताएकी छिन् ।

मंगलवार आयोजित ‘संक्रमणकालीन न्याय (टिआरसी)को यात्रामा हामी कहाँ छौँ ?’ विषयक संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले आर्थिक तथा सामाजिक रूपमा कमजोर रहेका कारण आम द्वन्द्वपीडित संक्रमणकालीन न्यायको अभियानमा जोडिन र सरकारलाई दबाब दिन नसकेको समेत बताइन् । उनले विगतमा आफूहले विभिन्न विधेयकमा द्वन्द्वपीडितका सवाल समेट्न संशोधन प्रश्ताव राखेको भएपनि दल र दलका नेताहरुकै कारण ती विषयहरुले मूर्त रुप पाउन नसकेको बताएकी छिन् । कार्कीले द्वन्द्वका क्रममा श्रीमान, बुबा तथा आफन्त गुमाएका र घाइते भएका पीडितहरू अझै आर्थिक तथा सामाजिक समस्यासँग जुधिरहेको बताइन् । उनले गत वर्षमात्रै टिआरसी विधेयक संघीय संसदको दुवै सदनबाट पास भएपनि पीडितको पक्षमा नआएको बताइन् । तत्कालीन नेकपा माओवादी र सरकारी पक्षबाट भएका जघन्य अपराधका घटना पीडितले न्याय पाउने कुरामा समेत विधेयकमा राजनीतिकरण गरिएको उनको आरोप पनि छ ।

उनले भनिन्, ‘कतिपय ठाउँमा आफैं हुँदा पनि आफूले भनेको कुरा लागू हुने रहेनछ । विधेयकमा संशोधन हालेको कुरा पनि लागू हुँदो रहेनछ । टिआरसी विधेयकमात्र नभई मैले विश्वविद्यालय विधेयक, निजामती कर्मचारीसम्बन्धी लगायतका थुप्रै विधेयकमा पनि मैले द्वन्द्वपीडितको कुरा राखेको थिएँ । विद्युतसम्बन्धी विधेयकमा द्वन्द्वपीडितलाई सेयर दिने कुरा राखेको थिए, निजामती विधेयकमा आरक्षणको विषयमा संशोधन राखेको थिएँ । यति गर्दा पनि गर्दा रहेनछन् भनेर बुझेर आइयो । संक्रमणकालीन न्यायको यात्रामा अहिले पनि आम द्वन्द्वपीडित जोडिन सक्नुभएको छैन । किनभने हामी आर्थिक रुपमा मजबुत छैनौँ । कयौँका श्रीमान र कयौँका बाउहरु मारिएका छन् । कतिका आफन्त वेपत्ता पारिएका छन् । कतिपय द्वन्द्वका घाइतेहरु रोगसँग लडिरहनुभएको छ । त्यसकारण पनि यस्ता अभियान आम नागरिक जोडिन सक्नुभएको छैन । राज्यले पनि दुईचार जना पीडितको मात्रै आवाज उठाउने हुन्, बोरिाख्छन् भनेर पनि सोचेको हो कि ? हामीले व्यक्तिगत रुपमा मात्रै नभएर हामीले संगठित रुपमा सामूहिक मुद्दाको रुपमा सबै प्रकारका द्वन्द्वपीडितहरुको मुद्दा उठाउनुपर्ने आवश्यकता रहेको छ । यद्धपी राज्यले सबै प्रकारका द्वन्द्वपीडितलाई राज्यले सम्बोधन गर्न सकेको अवस्था छैन । तर पछिल्लो सरकारको केही कमजोरीको कारण न्यायालय, नागरिक समाज, सञ्चारमाध्यम सबैतिर टिआरसी र द्वन्द्वपीडितका मुद्दाहरु ओझेलमा परेको अवस्था छ ।’

उनले संक्रमणकालीन न्यायलाई केही व्यक्तिको मात्रै मुद्दाका रूपमा नहेरी सबै प्रकारका द्वन्द्वपीडितको सामुहिक मुद्दाका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएकी छिन् । उनले पछिल्लो समय न्यायालय, नागरिक समाज र सञ्चारमाध्यममा समेत टिआरसी तथा द्वन्द्वपीडितका मुद्दा ओझेलमा परेको भन्दै असन्तुष्टि जनाएकी छिन् ।


प्रकाशित मिति: २ भाद्र २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?