Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

सरकारको निरङ्कुशताविरुद्ध सडकमा उत्रिन विद्यार्थी संगठनहरुलाई एमाले सांसद बरालको आह्वान


काठमाडौँ।नेकपा (एमाले)की सांसद यशोदाकुमारी बरालले सरकारको निरङ्कुशताविरुद्ध सडकमा उत्रिन विद्यार्थी संगठनहरुलाई आह्वान गरेकी छिन्। प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले अपांगता भएका नागरिक र सुत्केरी महिला समेत खाना पकाउने ग्यासका लागि दिनभर लाइनमा बस्नुपर्ने अवस्था रहेको भन्दै सरकारको आलोचना गरेकी छिन्। उनले ग्यास अभावको कारण नागरिकले सास्ती व्यहोर्नुपरेको भएपनि सरकार नागरिकको समस्याप्रति संवेदनशील नभएको आरोप पनि लगाइन् । उनले सरकारमा अलिकति पनि मानवता छैन ? भन्दै प्रश्न समेत गरेकी छिन् । उनले भनिन्, ‘अपांगता भएको नागरिक समेत एक ग्यासको लागि दिनभरी लाइनमा बस्नु परेको छ । सरकारमा मानवता छैन । १३ दिनको सुत्केरीले १४ दिनपछि ग्यास पाए भनेर समाचारमा आउँछ । कति दिनसम्म जनतालाई रुवाउने सरकार ? के जनताले नेपालमा बाँच्न नै नपाउने हो ? म विद्यार्थी संगठनलाई आग्रह गर्न चाहान्छु, निरङ्कुश सरकारको विरुद्धमा उठ्नुस् म छु तपाईहरुको साथमा । विद्यार्थी संगठनले खबरदारी नगरेकै कारण सरकारको निरङ्कुशता बढ्यो ।’ उनले सरकारमाथि खबरदारी नपुगेको कारण सरकारको निरङ्कुशता बढ्दै गएको आरोप पनि लगाएकी छिन् ।

काठमाडौँ।नेकपा (एमाले)की सांसद यशोदाकुमारी बरालले सरकारको निरङ्कुशताविरुद्ध सडकमा उत्रिन विद्यार्थी संगठनहरुलाई आह्वान गरेकी छिन्।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले अपांगता भएका नागरिक र सुत्केरी महिला समेत खाना पकाउने ग्यासका लागि दिनभर लाइनमा बस्नुपर्ने अवस्था रहेको भन्दै सरकारको आलोचना गरेकी छिन्। उनले ग्यास अभावको कारण नागरिकले सास्ती व्यहोर्नुपरेको भएपनि सरकार नागरिकको समस्याप्रति संवेदनशील नभएको आरोप पनि लगाइन् । उनले सरकारमा अलिकति पनि मानवता छैन ? भन्दै प्रश्न समेत गरेकी छिन् ।

उनले भनिन्, ‘अपांगता भएको नागरिक समेत एक ग्यासको लागि दिनभरी लाइनमा बस्नु परेको छ । सरकारमा मानवता छैन । १३ दिनको सुत्केरीले १४ दिनपछि ग्यास पाए भनेर समाचारमा आउँछ । कति दिनसम्म जनतालाई रुवाउने सरकार ? के जनताले नेपालमा बाँच्न नै नपाउने हो ? म विद्यार्थी संगठनलाई आग्रह गर्न चाहान्छु, निरङ्कुश सरकारको विरुद्धमा उठ्नुस् म छु तपाईहरुको साथमा । विद्यार्थी संगठनले खबरदारी नगरेकै कारण सरकारको निरङ्कुशता बढ्यो ।’

उनले सरकारमाथि खबरदारी नपुगेको कारण सरकारको निरङ्कुशता बढ्दै गएको आरोप पनि लगाएकी छिन् ।


प्रकाशित मिति: १ भाद्र २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?