Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

लोडसेडिङको अँध्यारो युग पार गर्दै नेपाल विद्युत निर्यात गर्ने मुलुक बन्योः का.मु. कार्यकारी निर्देशक श्रेष्ठ


काठमाडौँ।नेपाल विद्युत प्राधिकरणका का.मु. कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठले लोडसेडिङको अँध्यारो युग पार गर्दै नेपालले विद्युत उत्पादन, प्रसारण, वितरण र निर्यातमा उल्लेख्य उपलब्धि हासिल गरेको बताएका छन् । नेपाल विद्युत प्राधिकरणको ४१ औँ वार्षिकोत्सबका अवसरमा सोमवार आयोजित कार्यक्रममा उनले हाल विद्युत प्रशारण ग्रिड करिव ९८ प्रतिशत जनसंख्यामा पुगेको बताएका छन् । प्रतिव्यक्ति विद्युत खपतसमेत अघिल्लो वर्षको तुलनामा बढेको उनले जानकारी दिएका छन् । उनले विद्युत प्रणालीको विस्तारसँगै सेवा गुणस्तर, विश्वसनीयता र आन्तरिक खपत बढाउन थप सुधार आवश्यक रहेको बताएका छन् । उनकाअनुसार प्राधिकरण र निजी क्षेत्रको सहकार्यमा नेपालमा विद्युत उत्पादन क्षमता ४ हजार १२० मेगावाट पुगेको छ । त्यस्तै, निजी क्षेत्रसँग १२ हजार १३५ मेगावाट क्षमताको विद्युत खरिद सम्झौता (पीपीए) सम्पन्न भइसकेको उनले जानकारी दिएका छन् । उत्पादन बढ्दै जाँदा विद्युत खेर जान नदिन आन्तरिक खपत वृद्धि र अन्तरदेशीय विद्युत व्यापारलाई समेत प्राथमिकता दिएको उनले बताए । भारत र बंगलादेशतर्फ विद्युत निर्यात गर्दै प्राधिकरणले गत आर्थिक वर्षमा मात्रै २९ अर्ब ३१ करोड रुपैयाँ आम्दानी गरेको उनले जानकारी दिएका छन् । उनले भने, ‘लोडसेडिङका ती अस्तव्यस्त दिनहरू इतिहास भई आजको दिनमा विद्युत प्रसारण ग्रिड करिव ९८ प्रतिशत जनतामा पुगेको छ भने प्रति व्यक्ति विद्युत खपत समेत गत वर्षभन्दा बढेको छ । बाढी, पहिरो, हावाहुरी जस्ता प्राकृतिक विपत्तिले बेला बखत विद्युत आपूर्तिमा गर्ने क्षणिक अवरोधलाई विद्युत पूर्वाधारको सुदृढीकरण र विस्तार मार्फत न्युनिकरण गर्दै विद्युत सेवाको गुणस्तर र विश्वसनीयता अभिवृद्धि गर्ने र ग्राहक सेवामा सुधार ल्याउने रणनीतिका साथ प्राधिकरण अघि बढिरहेको छ । प्राधिकरण र निजी क्षेत्रको सहकार्यमा देश भित्रै विद्युतको जडित उत्पादन क्षमता ४ हजार १२० मेगावाट पुगेको छ भने १२ हजार १३५ मेगावाट क्षमताको विद्युत खरिदका लागि निजी क्षेत्रसँग पीपीए पनि भइसकेको छ । स्वदेश भित्रै विद्युत खपत वृद्धि गर्दै थप उत्पादनलाई स्पिल हुन नदिन भारत र बंगलादेशमा विद्युत निर्यात गर्ने सन्दर्भमा एनइएले गत आर्थिक वर्षमा विद्युत निर्यात बापत मात्र २९ अर्ब ३१ करोड आम्दानी गर्न सफल भएको छ । यसबाट राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुग्नका साथै विश्व बजारमा नेपाललाई खुद विद्युत निर्यात गर्ने देशको रूपमा चिनाएको छ । विभिन्न जलाशय, सौर्य र अर्ध जलाशय विद्युत आयोजनाहरूको प्रवर्धन, प्रसारण लाइनमा समेत निजी क्षेत्रलाई सहभागी गराउने नीति, उत्पादन प्रसारण र वितरणका प्रणालीको आधुनिकीकरण, गुणस्तरीय सेवा प्रतिको प्रतिबद्धता, जवाफदेहिता र सञ्चालन दक्षता अभिवृद्धिले एनइएलाई जनताको विश्वासिलो साथी बनाएको छ । यस घडीमा निजी क्षेत्रका उत्पादकहरूको योगदानलाई कदाचित नजरअन्दाज गर्न मिल्दैन । अब हामीले हासिल गरेका यी उपलब्धिहरूमा सन्तुष्ट भएर बस्नु हुँदैन । अझ विश्वसनीय गुणस्तरीय दिगो र भरपर्दो विद्युत आपूर्ति सुनिश्चित गर्न, चुहावट थप घटाउन, देश भित्रै विद्युतको खपत बढाई आर्थिक र सामाजिक मूल्य सिर्जना गर्न अनि हरित ऊर्जाको युगमा देशलाई अग्रणी बनाउन हामी सबै एकजुट भई थप इमान्दार नवीनतम र आधुनिक प्रविधिसँग अभ्यस्त हुँदै संस्था र जनता प्रति अझ उत्तरदायी हुनै पर्दछ ।’ उनले प्राधिकरणको आगामी प्राथमिकता उत्पादन विस्तारसँगै विद्युत प्रणालीलाई थप विश्वसनीय र आधुनिक बनाउनु रहेको बताएका छन् । जलाशय, सौर्य तथा अर्धजलाशययुक्त आयोजनाको प्रवर्धन, प्रसारण लाइन निर्माणमा निजी क्षेत्रको सहभागिता, उत्पादन–प्रशारण–वितरण प्रणालीको आधुनिकीकरण र चुहावट नियन्त्रणलाई अगाडि बढाउनुपर्नेमा उनले जोड दिएका छन् । उनले हालको उपलब्धिमा सन्तुष्ट भएर बस्ने अवस्था नरहेको पनि बताएका छन् । उनका अनुसार देशभित्रै विद्युत खपत बढाएर आर्थिक तथा सामाजिक मूल्य सिर्जना गर्ने, विद्युत चुहावट थप घटाउने र हरित ऊर्जाको युगमा नेपाललाई अग्रणी मुलुक बनाउनेतिर लाग्नुपर्ने बताएका छन् ।

काठमाडौँ।नेपाल विद्युत प्राधिकरणका का.मु. कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठले लोडसेडिङको अँध्यारो युग पार गर्दै नेपालले विद्युत उत्पादन, प्रसारण, वितरण र निर्यातमा उल्लेख्य उपलब्धि हासिल गरेको बताएका छन् ।

नेपाल विद्युत प्राधिकरणको ४१ औँ वार्षिकोत्सबका अवसरमा सोमवार आयोजित कार्यक्रममा उनले हाल विद्युत प्रशारण ग्रिड करिव ९८ प्रतिशत जनसंख्यामा पुगेको बताएका छन् । प्रतिव्यक्ति विद्युत खपतसमेत अघिल्लो वर्षको तुलनामा बढेको उनले जानकारी दिएका छन् । उनले विद्युत प्रणालीको विस्तारसँगै सेवा गुणस्तर, विश्वसनीयता र आन्तरिक खपत बढाउन थप सुधार आवश्यक रहेको बताएका छन् ।

उनकाअनुसार प्राधिकरण र निजी क्षेत्रको सहकार्यमा नेपालमा विद्युत उत्पादन क्षमता ४ हजार १२० मेगावाट पुगेको छ । त्यस्तै, निजी क्षेत्रसँग १२ हजार १३५ मेगावाट क्षमताको विद्युत खरिद सम्झौता (पीपीए) सम्पन्न भइसकेको उनले जानकारी दिएका छन् । उत्पादन बढ्दै जाँदा विद्युत खेर जान नदिन आन्तरिक खपत वृद्धि र अन्तरदेशीय विद्युत व्यापारलाई समेत प्राथमिकता दिएको उनले बताए । भारत र बंगलादेशतर्फ विद्युत निर्यात गर्दै प्राधिकरणले गत आर्थिक वर्षमा मात्रै २९ अर्ब ३१ करोड रुपैयाँ आम्दानी गरेको उनले जानकारी दिएका छन् ।

उनले भने, ‘लोडसेडिङका ती अस्तव्यस्त दिनहरू इतिहास भई आजको दिनमा विद्युत प्रसारण ग्रिड करिव ९८ प्रतिशत जनतामा पुगेको छ भने प्रति व्यक्ति विद्युत खपत समेत गत वर्षभन्दा बढेको छ । बाढी, पहिरो, हावाहुरी जस्ता प्राकृतिक विपत्तिले बेला बखत विद्युत आपूर्तिमा गर्ने क्षणिक अवरोधलाई विद्युत पूर्वाधारको सुदृढीकरण र विस्तार मार्फत न्युनिकरण गर्दै विद्युत सेवाको गुणस्तर र विश्वसनीयता अभिवृद्धि गर्ने र ग्राहक सेवामा सुधार ल्याउने रणनीतिका साथ प्राधिकरण अघि बढिरहेको छ । प्राधिकरण र निजी क्षेत्रको सहकार्यमा देश भित्रै विद्युतको जडित उत्पादन क्षमता ४ हजार १२० मेगावाट पुगेको छ भने १२ हजार १३५ मेगावाट क्षमताको विद्युत खरिदका लागि निजी क्षेत्रसँग पीपीए पनि भइसकेको छ । स्वदेश भित्रै विद्युत खपत वृद्धि गर्दै थप उत्पादनलाई स्पिल हुन नदिन भारत र बंगलादेशमा विद्युत निर्यात गर्ने सन्दर्भमा एनइएले गत आर्थिक वर्षमा विद्युत निर्यात बापत मात्र २९ अर्ब ३१ करोड आम्दानी गर्न सफल भएको छ । यसबाट राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुग्नका साथै विश्व बजारमा नेपाललाई खुद विद्युत निर्यात गर्ने देशको रूपमा चिनाएको छ । विभिन्न जलाशय, सौर्य र अर्ध जलाशय विद्युत आयोजनाहरूको प्रवर्धन, प्रसारण लाइनमा समेत निजी क्षेत्रलाई सहभागी गराउने नीति, उत्पादन प्रसारण र वितरणका प्रणालीको आधुनिकीकरण, गुणस्तरीय सेवा प्रतिको प्रतिबद्धता, जवाफदेहिता र सञ्चालन दक्षता अभिवृद्धिले एनइएलाई जनताको विश्वासिलो साथी बनाएको छ । यस घडीमा निजी क्षेत्रका उत्पादकहरूको योगदानलाई कदाचित नजरअन्दाज गर्न मिल्दैन । अब हामीले हासिल गरेका यी उपलब्धिहरूमा सन्तुष्ट भएर बस्नु हुँदैन । अझ विश्वसनीय गुणस्तरीय दिगो र भरपर्दो विद्युत आपूर्ति सुनिश्चित गर्न, चुहावट थप घटाउन, देश भित्रै विद्युतको खपत बढाई आर्थिक र सामाजिक मूल्य सिर्जना गर्न अनि हरित ऊर्जाको युगमा देशलाई अग्रणी बनाउन हामी सबै एकजुट भई थप इमान्दार नवीनतम र आधुनिक प्रविधिसँग अभ्यस्त हुँदै संस्था र जनता प्रति अझ उत्तरदायी हुनै पर्दछ ।’

उनले प्राधिकरणको आगामी प्राथमिकता उत्पादन विस्तारसँगै विद्युत प्रणालीलाई थप विश्वसनीय र आधुनिक बनाउनु रहेको बताएका छन् । जलाशय, सौर्य तथा अर्धजलाशययुक्त आयोजनाको प्रवर्धन, प्रसारण लाइन निर्माणमा निजी क्षेत्रको सहभागिता, उत्पादन–प्रशारण–वितरण प्रणालीको आधुनिकीकरण र चुहावट नियन्त्रणलाई अगाडि बढाउनुपर्नेमा उनले जोड दिएका छन् । उनले हालको उपलब्धिमा सन्तुष्ट भएर बस्ने अवस्था नरहेको पनि बताएका छन् । उनका अनुसार देशभित्रै विद्युत खपत बढाएर आर्थिक तथा सामाजिक मूल्य सिर्जना गर्ने, विद्युत चुहावट थप घटाउने र हरित ऊर्जाको युगमा नेपाललाई अग्रणी मुलुक बनाउनेतिर लाग्नुपर्ने बताएका छन् ।


प्रकाशित मिति: १ भाद्र २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?