Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

आशिका तामाङको प्रश्न– एउटै कुरा लिएर मन्त्रीदेखि सचिवको ढोका कहिलेसम्म चहारेर हिँड्ने ?


सांसद तामाङको प्रश्न–सांसदले एउटै कुरा लिएर मन्त्रीदेखि सचिवको ढोका कहिलेसम्म चहारेर हिँड्ने ?

काठमाडौँ।सत्तारुढ दल राष्ट्रिय स्वन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले कम्बोडियामा मृत्यु भएका सन्तोष राईको शव नेपाल ल्याउन सरकारले ढिलाइ गरेको भन्दै आक्रोश व्यक्त गरेकी छिन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले परराष्ट्र मन्त्रालयले कार्यविधि बनाउन नमान्दा राईको शव नेपाल ल्याउन नसकिएको भन्दै सांसद तामाङले आपत्ति जनाएकी हुन् । उनले एउटा सांसदले एउटै कुरा लिएर मन्त्रीदेखि सचिवको ढोका चहारेर कहिलेसम्म हिँड्ने सभामुख महोदय ? भन्दै प्रश्न गरिन् । उनले शव व्यवस्थापनका लागि अर्थ मन्त्रालयले बजेट छुट्याएको भएपनि उक्त बजेट कार्यान्वयनको लागि परराष्ट्र मन्त्रालयले आवश्यक कार्यविधि नबनाउँदा राईको शव नेपाल ल्याउन समस्या बताएकी छिन्। बजेट छ तर कार्यविधि छैन, यो कस्तो विधिको शासन हो सभामुख महोदय ? उनले प्रश्न गरिन् । धादिङको धुनीवेशी नगरपालिका–९ स्थित जुगेडी निवासी राईको वैशाख २९ गते ‘हेमोरेजिक स्ट्रोक’ मस्तिष्क रक्तस्रापका कारण कम्बोडियामा मृत्यु भएको थियो ।

उनले भनिन्, ‘३७ दिन अगाडि धादिङका सन्तोष राईको शव कम्बोडियाबाट नेपाल झिकाउनु भनि मैले शून्य समयमार्फत यस सनमा कुरा राखेको थिएँ । तर त्यो कुरा शून्यमै बिलाएर गयो । मलाई लाग्थ्यो सदनमा कुरा राखेपछि त्यो कार्यान्वयन हुनेछ । तर एउटा सांसदले एउटै कुरा लिएर मन्त्रीदेखि सचिवको ढोकामा चहारेर कहिलेसम्म हिँड्ने सभामुख महोदय ? अर्थ मन्त्रालयले विदेशमा लासको व्यवस्थापन गर्न भने बजेट छुट्याएको आज दुई हप्ताभन्दा बढी भयो । तर बजेट कार्यान्वयन गर्न परराष्ट्र मन्त्रालयले एउटा सामान्य कार्यविधि नबनाइदिँदा आज आफ्नाले लासको आश गर्न समेत छोडिसकेका छन् सभामुख महोदय । बजेट छ तर कार्यविधि छैन, यो कस्तो विधिको शासन हो सभामुख महोदय ?’

गतवर्ष भदौमा रोजगारीको सिलसिलामा भारत हुँदै कम्बोडिया पुगेका उनी उपचारको क्रममा काल्मेट अस्पतालमा भर्ना भएका थिए । त्यही निधन भएका उनको शव आर्थिक अभाव र कानुनी झन्झटका कारण नेपाल ल्याउन ढिलाइ भएको हो । लगत्तै सभामुख डोलप्रसाद अर्यालले ३ दिनभित्र यस विषयमा जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।


प्रकाशित मिति: १ भाद्र २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?