काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका छन् ।
सोमवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहका बीच राष्ट्रपति पौडेलले भारतीय सेनाध्यक्ष सेठलाई उक्त सम्मान प्रदान गरेका हुन्। नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने ऐतिहासिक परम्परा रहिआएको छ । सोही परम्पराको निरन्तरता स्वरूप सेनाध्यक्ष सेठलाई यो मानपदवी प्रदान गरिएको हो ।
तीन दिने औपचारिक भ्रमणका लागि आईतवार अपराह्न नेपाल आइपुग्नुभएका सेनाध्यक्ष सेठको सम्मानमा आयोजित उक्त समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, परराष्ट्रमन्त्री शिशिर खनाल, नेपाल सरकारका उच्च अधिकारीहरू, नेपाली सेनाका वरिष्ठ अधिकृतहरूका साथै नेपालका लागि भारतीय राजदुतको समेत उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: १ भाद्र २०८३, सोमबार