Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

वर्तमान सरकार ‘भवितव्य’ को उपजः ओली


वर्तमान सरकार ‘भवितव्य’ को उपजः ओली

काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई ‘भवितव्य’ बाट बनेको सरकारको संज्ञा दिएका छन् ।

इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालको केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारको गठन प्रक्रिया र कार्यशैलीमाथि टिप्पणी गरेका हुन् । सरकार गठनको प्रसङ्गलाई एक बालकले क्यारम बोर्ड खेल्दा संयोगवश गोटी छिरेको घटनासँग तुलना गरेका छन् । उनले मुलुकमा असहज परिस्थिति सिर्जना गरेर वर्तमान सरकार अस्तित्वमा आएको दाबी गरेका छन् । अध्यक्ष ओलीले वर्तमान सरकार गठन भएदेखि नै प्रतिशोधको राजनीतिमा उत्रिएको आरोप लगाएका छन् । आफू लगायत नेपाली काँग्रेसका नेता रमेश लेखक र अन्य नेताहरूलाई विभिन्न समयमा पक्राउ गर्ने तथा झुटा मुद्दा लगाउने कोशिस भइरहेको उनको भनाइ छ । सरकारले लोकतान्त्रिक मूल्यमान्यता विपरित विभिन्न क्षेत्रमाथि अंकुश लगाउन खोजेको टिप्पणी उनको छ ।

अध्यक्ष ओलीले भने, ‘यो भवितव्यको सरकार हो । कहिलेकाहीँ भवितव्यले यस्तो परिणाम दिन्छ, जुन ठूलो खेलाडीको कौशलजस्तो देखिए पनि संयोग मात्र हुन्छ । मैले एउटा बच्चाले पहिलोपटक क्यारम खेल्दा स्ट्राइकरले गोटीमा लागेर पर्खालमा ठोक्किँदै प्वालमा पसेको देखेको थिएँ । उसले जानेर गरेको थिएन तर परिणाम उत्कृष्ट देखियो। यो सरकारको अवस्था पनि त्यस्तै हो । त्यसैले यस्ता घटनाबाट हामी विचलित हुनुपर्ने आवश्यकता छैन । यो देश हामी सबैको हो । हामीले देशको माया गर्नुपर्छ । यस सरकारका उपद्रवबारे धेरै भन्न चाहन्नँ । सरकारले आएलगत्तै प्रतिवन्ध र प्रतिशोधको राजनीति शुरु ग¥यो । मलाई, रमेश लेखकलाई र अन्य नेताहरूलाई गिरफ्तार गरियो, झुटा मुद्दा लगाउने प्रयास गरियो । ट्रेड युनियन, विद्यार्थी, कर्मचारी, शिक्षक र प्राध्यापकमाथि समेत प्रतिवन्ध लगाउने काम भयो। यो सिलसिला अझै जारी छ ।’

सरकारका यस्ता गतिविधिका बाबजुद विचलित नहुन आग्रह गर्दै उनले देशको हित र रक्षाका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् । सरकारले गरिरहेका ‘उपद्रव’ बाट आत्तिनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै उनले राष्ट्रभक्तिको भावनाका साथ अघि बढ्न कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।


प्रकाशित मिति: ३१ श्रावण २०८३, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?