Trending
>>   प्रहरीमा महिलाको संख्या २० प्रतिशत पुर्‍याउन गृहमन्त्रीको निर्देशन >>   भारत–चीनबीच भएको लिपुलेक सहमतिले तात्यो संसदः एक ठाउँमा उभिए सत्तापक्ष–प्रतिपक्ष >>   न्यायाधीश मल्लको आग्रहः महिला प्रहरीबाट सुरक्षा लिनुस् >>   शिक्षा समितिमा आउँदा मलाई विधेयक रोक्न आयो भनेर आरोप लगाइयोः श्याम घिमिरे >>   चलचित्र ‘जनै हराएको मान्छे’को प्रिमियर सम्पन्नः भावुक बने कलाकार >>   सरकारले संविधानको अपमान गरिरहेको छ : रास्वपा >>   घट्यो वैदेशिक सहायता : अघिल्लो आवको तुलनामा ०.४९ प्रतिशत कमि >>   शहरी विकास मन्त्रालयको ‘अनलाइन अनुगमन कक्ष’मा जोडिए प्राथमिकतायुक्त आयोजना >>   करोडौँ चन्दा दिन तयार हुने निजी क्षेत्र पाँच जना विद्यार्थी निःशुल्क पढाउनुपर्दा खुट्टा कमाउँछ :सांसद… >>   सरकारी कर्मचारीका सन्तान सार्वजनिक विद्यालयमा पढ्नु पर्ने व्यवस्था राखौँः सांसद बस्नेत
Logo
४ भाद्र २०८२, बिहीबार
४ भाद्र २०८२, बिहीबार

काठमाडौँको टुँडिखेलमा ओशो महोत्सव


१ वैशाख, काठमाडाैँ । काठमाडौँको टुँडिखेलमा आज नयाँ वर्षको अवसरमा ओशो तपोवनले ओशो महोत्सवको आयोजना गरेको छ । आज बिहान ९ बजेदेखि सुरु भएको महोत्सव राति ९ बजेसम्म सञ्चालन हुनेछ । महोत्सवको उपराष्ट्रपति रामसहायप्रसाद यादवले उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।

महोत्सवमा ५० हजार भन्दा बढीको सहभागिता रहने अपेक्षा गरिएको महोत्सवका संयोजक सोविता सिम्खडाले जानकारी दिए । महोत्सवमा सबै वर्ग, उमेर, समुदाय, जातजाति, धर्म र सांस्कृतिक व्यक्तिलाई सुहाउने विविध कार्यक्रम हुने उनले बताए ।

उक्त महोत्सव सङ्गीत, ध्यान, साधना र अध्ययनको महोत्सव हुने सिम्खडाको भनाइ छ । महोत्सवमा ध्यान, मेडिटेसन, योगा, गायन, नृत्य, लाइभ म्युजिक, लाफिङ मेडिटेसन, प्रत्यक्ष दोहोरी, पुस्तक प्रदर्शन, फुड फेस्टिभल, गजल वाचन र प्रहसनलगायत कार्यक्रम सञ्चालन हुनेछन् ।

महोत्सवको मुख्य कार्यक्रम आज साँझ ५ बजेदेखि सुरु हुने संयोजक सिम्खडाले बताउनुभयो । साँझ ५० हजार बढी व्यक्तिले एकसाथ ध्यान र उत्सव गर्ने आयोजकको भनाइ छ । देशका विशिष्ट व्यक्तित्वको उपस्थिति हुने उक्त सत्रमा बोधिसत्य स्वामी आनन्द अरुणले विशेष सत्सङ्ग र आशीर्वाद प्रदान गर्नेछन् ।

कार्यक्रममा अन्तर्राष्ट्रिय स्तरका नृत्य, सङ्गीत र हास्य प्रस्तुतिका साथै चर्चित साङ्गीतिक समूह कुटुम्बको विशेष प्रस्तुति हुनेछ । साथै हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, मनोज गजुरेल, जितु नेपाल, प्रदीप खड्का, यमन श्रेष्ठ, प्रदीप रोदनलगायतले प्रस्तुति गर्ने आयोजकले जनाएको छ ।

ओशो महोत्सवमा अन्तर्राष्ट्रिय ख्याति प्राप्त सेफ सन्तोष शाहको संयोजनमा फुड फेस्टिबलसमेत सञ्चालन हुनेछ । कार्यक्रममा मरुन रङको कपडा अनिवार्य गरिएको छ । ड्रेसको आफैँले व्यवस्था गर्नुपर्ने भन्दै महोत्सवमा राखिएका स्टलबाट उक्त ड्रेस रू पाँच सय वा सोभन्दा बढीमा समेत किन्न सकिने महोत्सवका संयोजक सिम्खडाले जानकारी दिए ।


प्रकाशित मिति: १ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?