Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

सरकारको शासकीय अराजकताबाट मुलुक आक्रान्त भएको छ, सरकार बरालिएर हिँड्योः सभापति थापा


काठमाडौँ।नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले मुलुक अहिले सरकारको शासकीय अराजकताबाट आक्रान्त भएको आरोप लगाएका छन् । आईतवार पार्टी केन्द्रिय कार्यालयमा जारी केन्द्रिय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले सरकारले विधिसम्मत प्रक्रिया र शक्ति पृथकीकरणको सिद्धान्तको सीमा नाघ्न थालेको आरोप पनि लगाएका छन् । उनले कार्यपालिकाले न्यायपालिकाको सीमासमेत आफूभित्र पर्ने गरी व्यवहार गर्न थालेको तथा संवैधानिक निकाय र संसदलाई समेत नमान्ने प्रवृत्ति दोहोरिएको भन्दै यस्ता कुरामा छुट दिन नहुने टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री बालेन्द्र साहले भनेको ‘एक्सप्रेस वे’मा सरकार बिनाब्रेक चल्नसक्ने तर लेन मिच्न नपाउने टिप्पणी गरेका छन् । उनले गृहमन्त्री सुधन गुरुङको सम्पती छानविन प्रतिवेदन लुकाएको भन्दै आपत्ति समेत जनाएका छन् । सभापति थापले अहिले दिनदिनै मन्त्री र सत्तारुढ दलका सांसदहरुले हप्किदप्कि दिने गरेको कुराहरु बाहिर आइरहेको भन्दै यसले मुलुकलाई ठिक दिशातिर जैजान नसक्ने बताए । वर्तमान सरकार बरालिएर हिँडेको उनको आरोप छ । उनले भने, ‘हामीले सबैभन्दा पहिले यहाँ बोल्नुपर्ने विषय शासकीय अराजकताका बारेमा छ । प्रधानमन्त्रीजीले मेरो गाडी एक्सप्रेस वेमा हिँडेको हो भन्नुभयो । मेरो गाडीमा ब्रेक छैन भन्नुभयो । ब्रेक राख्नुस् नराख्नुस् तपाईंको छनोटको विषय हो । तर स्पिडमा हिँड्ने हो र एक्सप्रेस वेमा जाने हो तर लेनभन्दा बाहिर जान्छु भन्ने तपाईंको छनोटको विषय होइन । तपाईंले लेन मिच्न पाउनुहुन्न । स्पिड बढाउन पाउनुहुन्छ, ब्रेक नलगाउन नि पाउनुहुन्छ तर लेनभन्दा बाहिर जान पाउनुहुन्न । यसको अर्थ विधिसम्मत प्रक्रियाभन्दा बाहिर जान सरकार पाउँदैन । शक्ति पृथकीककरणको सिद्धान्तलाई तिलाञ्जली दिन्छु भन्न पाउँदैनौ । यस सम्बन्धमा घटनाहरुमा म जान्नँ । एक पटक भयो भने त्यो संयोग हो भन्न सकिन्छ । दुई पटक भयो भने नि संयोग हो भन्न सकिन्छ । तर एउटै कुरा पटक पटक दोहोरिन्छ भने त्यो संयोग नभई प्रवृत्ति हो । त्यसमा माफी दिने छुट पनि हामीसँग छैन । सरकारको यो शैलीमा कार्यपालिकाको सीमा के हो भन्ने कुरा मान्दैन । सरकारले न्यायपालिकाको सीमा पनि मै भित्र पर्छ भन्ने मान्न थाल्यो । संवैधानिक निकायलाई उसले मान्दैन । संवैधानिक निकाय पनि मेरो आदेश पालक हो भन्न थाल्यो । संसदलाई पनि मान्दैन । शासकीय अराजकता भनेको सरकार नहुने होइन हुने हो । तर शक्ति र प्रक्रियाको सीमा नाघ्ने कुरा हो । नेपाल अहिले शासकीय अराजकताबाट आक्रान्त भएको छ । यो अराजकताको छुट हामीले यो सरकारलाई दिनु हुँदैन ।’ सभापति थापाले सरकारले गरेका अराजक गतिविधिमाथि खबरदारी गरेर ठिक ठाउँमा ल्याउने काम काँग्रेसको भएको बताएका छन् ।

काठमाडौँ।नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले मुलुक अहिले सरकारको शासकीय अराजकताबाट आक्रान्त भएको आरोप लगाएका छन् ।

आईतवार पार्टी केन्द्रिय कार्यालयमा जारी केन्द्रिय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले सरकारले विधिसम्मत प्रक्रिया र शक्ति पृथकीकरणको सिद्धान्तको सीमा नाघ्न थालेको आरोप पनि लगाएका छन् । उनले कार्यपालिकाले न्यायपालिकाको सीमासमेत आफूभित्र पर्ने गरी व्यवहार गर्न थालेको तथा संवैधानिक निकाय र संसदलाई समेत नमान्ने प्रवृत्ति दोहोरिएको भन्दै यस्ता कुरामा छुट दिन नहुने टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री बालेन्द्र साहले भनेको ‘एक्सप्रेस वे’मा सरकार बिनाब्रेक चल्नसक्ने तर लेन मिच्न नपाउने टिप्पणी गरेका छन् । उनले गृहमन्त्री सुधन गुरुङको सम्पती छानविन प्रतिवेदन लुकाएको भन्दै आपत्ति समेत जनाएका छन् । सभापति थापले अहिले दिनदिनै मन्त्री र सत्तारुढ दलका सांसदहरुले हप्किदप्कि दिने गरेको कुराहरु बाहिर आइरहेको भन्दै यसले मुलुकलाई ठिक दिशातिर जैजान नसक्ने बताए । वर्तमान सरकार बरालिएर हिँडेको उनको आरोप छ ।

उनले भने, ‘हामीले सबैभन्दा पहिले यहाँ बोल्नुपर्ने विषय शासकीय अराजकताका बारेमा छ । प्रधानमन्त्रीजीले मेरो गाडी एक्सप्रेस वेमा हिँडेको हो भन्नुभयो । मेरो गाडीमा ब्रेक छैन भन्नुभयो । ब्रेक राख्नुस् नराख्नुस् तपाईंको छनोटको विषय हो । तर स्पिडमा हिँड्ने हो र एक्सप्रेस वेमा जाने हो तर लेनभन्दा बाहिर जान्छु भन्ने तपाईंको छनोटको विषय होइन । तपाईंले लेन मिच्न पाउनुहुन्न । स्पिड बढाउन पाउनुहुन्छ, ब्रेक नलगाउन नि पाउनुहुन्छ तर लेनभन्दा बाहिर जान पाउनुहुन्न । यसको अर्थ विधिसम्मत प्रक्रियाभन्दा बाहिर जान सरकार पाउँदैन । शक्ति पृथकीककरणको सिद्धान्तलाई तिलाञ्जली दिन्छु भन्न पाउँदैनौ । यस सम्बन्धमा घटनाहरुमा म जान्नँ । एक पटक भयो भने त्यो संयोग हो भन्न सकिन्छ । दुई पटक भयो भने नि संयोग हो भन्न सकिन्छ । तर एउटै कुरा पटक पटक दोहोरिन्छ भने त्यो संयोग नभई प्रवृत्ति हो । त्यसमा माफी दिने छुट पनि हामीसँग छैन । सरकारको यो शैलीमा कार्यपालिकाको सीमा के हो भन्ने कुरा मान्दैन । सरकारले न्यायपालिकाको सीमा पनि मै भित्र पर्छ भन्ने मान्न थाल्यो । संवैधानिक निकायलाई उसले मान्दैन । संवैधानिक निकाय पनि मेरो आदेश पालक हो भन्न थाल्यो । संसदलाई पनि मान्दैन । शासकीय अराजकता भनेको सरकार नहुने होइन हुने हो । तर शक्ति र प्रक्रियाको सीमा नाघ्ने कुरा हो । नेपाल अहिले शासकीय अराजकताबाट आक्रान्त भएको छ । यो अराजकताको छुट हामीले यो सरकारलाई दिनु हुँदैन ।’

सभापति थापाले सरकारले गरेका अराजक गतिविधिमाथि खबरदारी गरेर ठिक ठाउँमा ल्याउने काम काँग्रेसको भएको बताएका छन् ।


प्रकाशित मिति: २४ श्रावण २०८३, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?