Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

मुलुकमा शक्तिको केन्द्रिकरणले सर्वसत्तावाद र अधिनायकवाद जन्मायोः उपेन्द्र यादव


मुलुकमा शक्तिको केन्द्रिकरणले सर्वसत्तावाद र अधिनायकवाद जन्मायोः उपेन्द्र यादव

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले राज्यका शक्तिहरू एकै ठाउँमा केन्द्रित हुँदा मुलुकमा सर्वसत्तावाद र अधिनायकवाद मौलाएको टिप्पणी गरेका छन् ।

शनिवार काठमाडौँमा आयोजित ‘अग्रगामी मोर्चा’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले वर्तमान राजनीतिक अवस्था र राज्य सञ्चालन पद्धतिप्रति गम्भीर चिन्ता व्यक्त गरेका हुन् । अध्यक्ष यादवले संवैधानिक निकाय र मन्त्रालयहरू स्वतन्त्र रूपमा काम गर्न नसकी निष्प्रभावी (डिफङ्क्ट) भएको दाबी गरेका छन् । विगतका जनआन्दोलन, मधेस जनविद्रोह तथा आदिवासी जनजाति र थारू लगायतका आन्दोलनबाट प्राप्त संघीयता, समावेशिता, लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षता जस्ता उपलब्धिहरूमाथि राज्यकै तर्फबाट प्रहार भइरहेको उनको आरोप छ । ती उपलब्धिहरूको रक्षा गर्दै बाँकी अधिकार प्राप्तिका लागि नै मोर्चा निर्माण गरिएको उनले प्रस्ट पारेका छन् । संविधान निर्माण प्रक्रियामाथि प्रश्न उठाउँदै पूर्वउपप्रधानमन्त्री यादवले विगतमा संविधानसभाबाट संविधान जारी नभई केही दलहरूले ‘संविधानको किताव’ मात्र पारित गराएको टिप्पणी गरेका छन् । हाल मुलुक संविधानभन्दा बाहिरबाट चलिरहेको जिकिर गर्दै उनले संविधान संशोधनमार्फत विभेद र असमानता अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । मुलुकमा सुशासनको अभाव, बढ्दो भ्रष्टाचार, कमजोर शान्ति–सुरक्षा र जर्जर आर्थिक अवस्थाप्रति सङ्केत गर्दै उहाँले वैदेशिक ऋणको भारले अर्थतन्त्र थप सङ्कटमा परेको बताएका छन् ।

उनले भने, ‘निर्णय प्रक्रिया र शक्तिको केन्द्रीकरण एकै ठाउँमा हुनु सर्वसत्तावादको परिचायक हो । यस्तो प्रवृत्तिले अन्ततः अधिनायकवादलाई जन्म दिन्छ र लोकतान्त्रिक मूल्य–मान्यतालाई समाप्त पार्छ । हामीले मेची–महाकाली सङ्घर्षमार्फत विभेदकारी प्रावधानहरू नराख्न र संविधानलाई समावेशी एवं न्यायपूर्ण बनाउन माग गरेका थियौँ, तर राज्यले दमन र हत्या गरेर जबर्जस्ती संविधान घोषणा ग¥यो । मुलुक राजनीतिक अन्योल र अनिश्चिततातर्फ गइरहेको छ । यसलाई रोकेर सुशासन, भ्रष्टाचार नियन्त्रण र आर्थिक समृद्धिको दिशामा अग्रगामी निकास दिन साझा प्रयास स्वरूप यो मोर्चा निर्माण भएको हो ।’

उनले यो मोर्चा कसैको सत्ता पल्टाउनका लागि मात्र नभई मुलुकमा सामाजिक न्याय, सुरक्षा र अग्रगामी परिवर्तन सुनिश्चित गर्नका लागि क्रियाशील रहने स्पष्ट पारेका छन् । सरकारमा रहेकाहरू मोर्चाको गठनबाट त्रसित हुनु नपर्ने भन्दै उहाँले स्पष्ट लक्ष्यका साथ आफूहरू अघि बढेको बताएका छन् ।


प्रकाशित मिति: २३ श्रावण २०८३, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?