Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

राज्य व्यवस्था समितिमा ‘सैन्यीकरण’ शब्दलाई लिएर सांसदहरूबीच भनाभन


राज्य व्यवस्था समितिमा ‘सैन्यीकरण’ शब्दलाई लिएर सांसदहरूबीच भनाभन, अमरेशले सभापतिलाई भने–यसरी समिति चल्दैन

काठमाडौँ। बिहीवार बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरूबीच भनाभन भएको छ ।

छलफलका क्रममा सांसद डा. अमरेशकुमार सिंहले प्रयोग गर्नुभएको ‘सैन्यीकरण’ शब्दलाई लिएर विवाद उत्पन्न भएको हो । बैठकमा आफ्नो धारणा राख्दै सांसद सिंहले संसदीय समितिमा सांसदहरूले राखेका विचारलाई व्यक्तिगत रूपमा खण्डन गर्ने प्रवृत्तिले समितिको गरिमा र कार्यसम्पादनमा असर पुग्ने बताएका छन् । उनले सांसदहरू सार्वभौम जनताका प्रतिनिधि भएकाले समितिमा आफ्ना धारणा स्वतन्त्र रूपमा राख्न पाउनुपर्ने जिकिर गरेका छन् ।

‘समितिमा एक–अर्काको कुरा खण्डन गरेर समय व्यतीत गर्ने हो भने कुनैपनि काम अगाडि बढ्न सक्दैन । समितिको आफ्नै मर्यादा हुन्छ, त्यसैले यसलाई वादविवादको थलो बनाइनु हुँदैन । माननीय सदस्यहरूले आफ्नो धारणा स्वतन्त्र रूपमा राख्ने अधिकार राख्नुहुन्छ । समितिमा प्रत्येक सदस्यले आफ्नो विचार प्रश्तुत गर्ने हो, तर एकअर्काको अभिव्यक्तिको खण्डनमै समय खर्च गर्नु उपयुक्त हुँदैन । म सभापतिज्यूलाई पनि यही अनुरोध गर्न चाहन्छु कि समितिको छलफललाई रचनात्मक र विषयकेन्द्रित बनाइयोस् । हामी नयाँ समितिमा पहिलो पटक आएका होइनौँ । मलाई लागेको कुरा म राख्छु, उहाँलाई लागेको कुरा उहाँले राख्नुहुन्छ । तर एकअर्काको भनाइको निरन्तर खण्डन गर्न थाल्यौँ भने समितिको छलफल प्रभावकारी रूपमा अघि बढ्न सक्दैन ।समितिको आफ्नै गरिमा, मर्यादा र कार्यपद्धति हुन्छ । त्यसैले सबै सदस्यले एकअर्काको विचारको सम्मान गर्दै विषयवस्तुमा केन्द्रित भएर छलफल गर्नु नै उपयुक्त हुन्छ ।’

छलफलका क्रममा सांसद सिंहले आफूले प्रयोग गरेको ‘सैन्यीकरण’ शब्दको बचाउ गर्दै मुलुकमा प्रतिव्यक्ति सुरक्षाकर्मीको सङ्ख्याका आधारमा सो टिप्पणी गरेको स्पष्ट पारेका छन् । रास्वपाकै सांसद रमेश प्रसाईंले सिंहको भनाइप्रति असहमति जनाएपछि स्थिति केही समय तनावपूर्ण बनेको थियो । सिंहले सभापतिलाई सम्बोधन गर्दै आफूलाई कम नआँक्न र आफ्ना तर्कहरू प्रमाणित गर्न चुनौती समेत दिएका छन् ।
विवाद बढ्दै गएपछि अग्रजसँग माफी चाहन्छु भनेर क्षमायाचना गरेपछि बैठक पुनः शुरु भयो ।


प्रकाशित मिति: २१ श्रावण २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?