Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

आन्दोलनका कारण योजनावद्ध काम गर्न सकिएनः गृहमन्त्री गुरुङ


आन्दोलनका कारण योजनावद्ध काम गर्न सकिएनः गृहमन्त्री गुरुङ

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले निरन्तरको आन्दोलन र जनताका तत्कालीन समस्या र मागका कारण आफूले योजनामुखी काम प्रभावकारी रूपमा अघि बढाउन नसकेको बताएका छन् ।

बिहीवार जेन–जी घर उद्घाटन कार्यक्रममा बोल्दै उनले पदभार सम्हाले यता एकपछि अर्को आन्दोलन भइरहेकाले मन्त्रालयका दीर्घकालीन योजना कार्यान्वयनमा ध्यान केन्द्रित गर्न नपाएको गुनासो गरेका छन् । उनले जेन–जी पुस्तासँग तत्कालीन सरकारले गरेका सहमतिको कार्यान्वयनको लागि आवश्यक नीति, योजना र कार्यक्रम बनाउनुपर्ने भएपनि परिस्थिति अनुकूल नभएको बताएका छन् । यद्यपि जेन–जी शहीदका परिवार र जेन–जी पुस्ताका मागहरु पहिलो प्राथमिकतामा राखेको उनको भनाइ छ । उनले जेन–जी आन्दोलनलाई लिएर राजनीति गरिरहेका जेनजी अगुवाप्रति आपत्ति पनि जनाएका छन् ।

उनले भने, ‘यो चार महिनामा मैले काम नै गर्न पाएको छैन साच्चि भन्ने हो भनेदेखि । कहिले के आन्दोलन भएको छ, कहिले के आन्दोलन भएको छ । कहिले यो भएन भनेको छ, कहिले त्यो भएन भनेको छ । यो अवधिमा हरेक चोटि केही न केही त भएको छ । मैले कामै राम्रोसँग गर्न पाएको छैन । जेनजीको सम्बन्धमा गर्नुपर्ने कयौँ योजना र कामहरु छन् जुन मैले बनाउनुपर्नेछ । तर हरेक नागरिक मेरो ढोकामा आएर आँशु झर्दै गर्दा त्यो उहाँहरुको माग सम्बोधन गर्ने कुरा पनि मेरो कर्तव्य त हो नि । त्यही गर्नको लागि त जिताएर पठाउनुभएको हो हजुरले हामीलाई । त्यो जिम्मेवारी पनि सम्हाल्नु छ, जेन–जी नेता जेनजी पुस्ताको सुनेन भनेर पनि धिक्कार्लान । सदनमा बोल्दै गर्दाखेरी जहिले पनि म मनको कुरा मात्रै बोल्छु । केही भूमिका बाँध्दिन, मन पनि पर्दैन ।’

उनले पछिल्लो समय राजनीति गरिरहेका जेनजी प्रतिनिधिहरुको नियत ठिक नरहेको आशंका पनि गरेका छन् ।


प्रकाशित मिति: २१ श्रावण २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?