Trending
>>   काठमाडौं फिल्म फेस्टिभलले पर्यटन र संस्कृति प्रवर्द्धन गर्ने विश्वास:सुनिता डंगोल >>   विचौलिया प्रकरणको निष्पक्ष अनुसन्धान हुनुपर्छः सभापति थापा >>   वाणिज्य बैंकको नाफा १९ अर्ब, गत वर्षभन्दा ६ अर्बले वृद्धि >>   न्यायालयमा भ्रष्टाचार र सेटिङको आरोपः ‘स्वतन्त्र नागरिक अभियान’द्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरु) >>   जापानमा आणविक नीति परिमार्जन र सैन्यीकरणको विरोधमा विशाल प्रदर्शन >>   पोखराका नौवटै ताल जोड्ने साइकल ट्रेलको आयोजना अघि बढाइँदै >>   गिग वर्करदेखि आउटसोर्सिङ श्रमिकसम्मलाई समेट्ने गरी श्रम ऐन संशोधन हुँदै >>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत
Logo
१५ कार्तिक २०८३, आईतवार
१५ कार्तिक २०८३, आईतवार

तीन दिने वृहत र ऐतिहासिक खेलकुद प्रदर्शनी हुने


तीन दिने वृहत र ऐतिहासिक खेलकुद प्रदर्शनी हुने

काठमाडौँ। नेपालको खेलकुद इतिहास र सफलतालाई संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित खेलकुदसम्बन्धी प्रदर्शनी आयोजना हुने भएको छ ।

नेपाल ओलम्पिक संग्रहालय (एनओएम) ले आईतवार पत्रकार सम्मेलन आयोजना गर्दै ‘बियोन्ड मेडल, प्रिजर्भिङ नेपाल्स स्पोट्र्स हिस्ट्री’ नाम दिइएको उक्त प्रदर्शनी तीन दिनसम्म हुने भएको जानकारी दिएको हो । काठमाडौंको बबरमलस्थित नेपाल आर्ट काउन्सिलमा उक्त प्रदर्शनी हुने नेपाल ओलम्पिक संग्रहालयकी अध्यक्ष सन्सी श्रेष्ठले जानकारी दिइन् । साउन १९ देखि २१ गतेसम्म हुने प्रदर्शनीमा नेपालको इतिहास झल्काउने करिव पाँच लाख दुर्लभ तथा ऐतिहासिक तस्बिरहरू राखिने भएको छ । विभिन्न कालखण्डका पदक, ट्रफी, खेल सामग्री तथा अन्य ऐतिहासिक स्मृतिचिन्हहरू प्रदर्शन गरिने आयोजकले जनाएको छ । नेपाल ओलम्पिक संग्रहालय (एनओएम) नेपालको एकमात्र खेलकुद संग्रहालय तथा दक्षिण एशियाकै पहिलो ओलम्पिक संग्रहालयका रूपमा परिचित छ ।

संस्थाको ३३ औं वार्षिकोत्सवको अवसरमा उक्त प्रदर्शन गर्न लागिएको एनओएम अध्यक्ष श्रेष्ठले जानकारी दिइन् । उक्त कार्यक्रमको उद्देश्य खेलकुद इतिहासको संरक्षण र अभिलेखीकरण गर्नु रहेको छ । प्रदर्शनीको उद्घाटन शिक्षा तथा खेलकुदमन्त्री सास्मित पोखरेलले गर्ने कार्यक्रम रहेको छ । पत्रकार सम्मेलनमा एनओएम संस्थापक तथा वरिष्ठ खेलकुद पत्रकार शितिज अरुण श्रेष्ठ र दक्षिण एशियाली खेलकुदमा तेक्वान्दोकी स्वर्ण पदक विजेता मञ्जु तुलाधारको योगदानप्रति श्रद्धाञ्जलि अर्पण गरिएको थियो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी, प्रशिक्षक, खेल प्रशासक र खेलप्रेमीहरूको सहभागिता रहने आयोजकको अपेक्षा छ । विद्यार्थी, अनुसन्धानकर्ता, खेलकर्मी तथा सर्वसाधारणलाई नेपालको खेलकुद इतिहासलाई नजिकबाट बुझ्ने अवसर प्रदान गर्ने लक्ष्य पनि प्रदर्शनीले राखेको छ ।


प्रकाशित मिति: १७ श्रावण २०८३, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?