Trending
>>   ‘रास्वपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो’– शंकर पोखरेल >>   योग्यता, क्षमाता र विज्ञता नागरिक प्रशस्तै छन्, राजदुत नियुक्ति किन रोकियो ? >>   बाढीपीडितका लागि ‘सनसेट ल’ ल्याउनेबारे सर्वदलीय बैठकमा छलफल >>   संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस्:गगन थापा >>   सरकार र पार्टीको काम बाँडफाँड भएको छ, डुप्लिकेसन आवश्यक छैनः रवि लामिछाने >>   पुँजी बजार सुदृढीकरण कार्ययोजनालाई सार्थक बनाउँदै सरकार, पुँजीगत लाभकर घटाउने निर्णय >>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण
Logo
१ आश्विन २०८३, बिहीबार
१ आश्विन २०८३, बिहीबार

तीन दिने वृहत र ऐतिहासिक खेलकुद प्रदर्शनी हुने


तीन दिने वृहत र ऐतिहासिक खेलकुद प्रदर्शनी हुने

काठमाडौँ। नेपालको खेलकुद इतिहास र सफलतालाई संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित खेलकुदसम्बन्धी प्रदर्शनी आयोजना हुने भएको छ ।

नेपाल ओलम्पिक संग्रहालय (एनओएम) ले आईतवार पत्रकार सम्मेलन आयोजना गर्दै ‘बियोन्ड मेडल, प्रिजर्भिङ नेपाल्स स्पोट्र्स हिस्ट्री’ नाम दिइएको उक्त प्रदर्शनी तीन दिनसम्म हुने भएको जानकारी दिएको हो । काठमाडौंको बबरमलस्थित नेपाल आर्ट काउन्सिलमा उक्त प्रदर्शनी हुने नेपाल ओलम्पिक संग्रहालयकी अध्यक्ष सन्सी श्रेष्ठले जानकारी दिइन् । साउन १९ देखि २१ गतेसम्म हुने प्रदर्शनीमा नेपालको इतिहास झल्काउने करिव पाँच लाख दुर्लभ तथा ऐतिहासिक तस्बिरहरू राखिने भएको छ । विभिन्न कालखण्डका पदक, ट्रफी, खेल सामग्री तथा अन्य ऐतिहासिक स्मृतिचिन्हहरू प्रदर्शन गरिने आयोजकले जनाएको छ । नेपाल ओलम्पिक संग्रहालय (एनओएम) नेपालको एकमात्र खेलकुद संग्रहालय तथा दक्षिण एशियाकै पहिलो ओलम्पिक संग्रहालयका रूपमा परिचित छ ।

संस्थाको ३३ औं वार्षिकोत्सवको अवसरमा उक्त प्रदर्शन गर्न लागिएको एनओएम अध्यक्ष श्रेष्ठले जानकारी दिइन् । उक्त कार्यक्रमको उद्देश्य खेलकुद इतिहासको संरक्षण र अभिलेखीकरण गर्नु रहेको छ । प्रदर्शनीको उद्घाटन शिक्षा तथा खेलकुदमन्त्री सास्मित पोखरेलले गर्ने कार्यक्रम रहेको छ । पत्रकार सम्मेलनमा एनओएम संस्थापक तथा वरिष्ठ खेलकुद पत्रकार शितिज अरुण श्रेष्ठ र दक्षिण एशियाली खेलकुदमा तेक्वान्दोकी स्वर्ण पदक विजेता मञ्जु तुलाधारको योगदानप्रति श्रद्धाञ्जलि अर्पण गरिएको थियो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी, प्रशिक्षक, खेल प्रशासक र खेलप्रेमीहरूको सहभागिता रहने आयोजकको अपेक्षा छ । विद्यार्थी, अनुसन्धानकर्ता, खेलकर्मी तथा सर्वसाधारणलाई नेपालको खेलकुद इतिहासलाई नजिकबाट बुझ्ने अवसर प्रदान गर्ने लक्ष्य पनि प्रदर्शनीले राखेको छ ।


प्रकाशित मिति: १७ श्रावण २०८३, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?