Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

मुलुकलाई विदेशीको क्रीडाभूमि बन्न दिनु हुँदैनः माधवकुमार नेपाल


मुलुकलाई विदेशीको क्रीडाभूमि बन्न दिनु हुँदैनः माधवकुमार नेपाल

काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले राष्ट्रियता, संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षा अहिले मुलुकको प्रमुख चुनौती बनेको टिप्पणी गरेका छन् ।

आईतवार आयोजित तुल्सीलाल अमात्यको २९ औँ स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनलेमुलुकको स्वाभिमान जोगाउने र विदेशीको क्रीडाभूमी बन्नबाट कसरी बचाउने प्रमुख चुनौती मुलुकसामु रहेको बताएका छन् । उनले नेपाल कुनैपनि देशको अधीनमा रहन वा कुनै राष्ट्रविरुद्ध उभिन नचाहेको भन्दै सबैसँग मैत्रीपूर्ण सम्बन्ध बनाएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए । उनले पछिल्लो समयम मुलुकमा आपसी असमझदारी बढ्ने गरी बाह्य प्रभावमा तान्ने प्रयास भइरहेको भन्दै त्यसप्रति सचेत रहनुपर्ने बताएका छन् । उनले शहीदको त्याग र बलिदानबाट प्राप्त संविधान, लोकतन्त्र, गणतन्त्र र संघीय शासन प्रणालीको रक्षा गर्नु अहिलेको अर्को महत्वपूर्ण जिम्मेवारी रहेको पनि बताएका छन् । उनले मुलुकमा लोकतन्त्र स्थापनाका लागि तुल्सीलाल अमात्यले खेलेको भुमिका स्मरण गर्दै वर्तमान पुस्ताले पनि त्यही प्रतिबद्धताका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

उनले भने, ‘देशको अस्तित्वको रक्षा कसरी गर्ने, देशको स्वाभिमान कसरी बचाउने ? देशलाई विदेशीको क्रीडाभूमी बन्नबाट कसरी बचाउने भन्ने चुनौती हाम्रो सामु छ । हाम्रो देश कुनै देशको पछि लाग्न चाहँदैन । कसैको अधिनमा रहन चाहँदैन । कसैका विरोधमा पनि जान चाहँदैन । सबैसँग मैत्रीभाव राखेर मिलेर अगाडि बढ्न चाहन्छ । त्यसैले हामी सबै मित्र राष्ट्रहरुसँग राम्रो सम्बन्ध बनाउन चाहन्छौँ । हाम्रा कोही बैरीहरु छैनन् र हामी बनाउन पनि चाहँदैनौँ । तर हामीलाई पनि कसैले बैरी बनाउने गरी, आपसि असमझदारी बढाउने गरी तान्ने कामहरु भइरहेका छन् । त्यसकारण पनि यो राष्ट्रियताको विषय हाम्रो लागि अत्यन्तै महत्वपूर्ण विषय बनेको छ । यत्रो त्याग र बलिदानबाट हामीले प्राप्त गरेको यो संविधान, लोकतन्त्र, गणतन्त्र संघीयतालाई जोगाउनुपर्ने अर्को ठुलो जिम्मेवारी हाम्रो काँधमा छ । त्यसकारण कमरेड तुल्सीलालले देशमा लोकतन्त्रको लागि जसरी झण्डा बुलन्द गर्नुभयो, निर्दलीय व्यवस्था अन्त्य गर्न जसरी अगुवाई गर्नुभयो वहाँजस्तो योद्धा आज हाम्रो बीचमा हुनुहुन्न । तर हामीले सँगसँगै जनताका पीरमर्काहरु, गरिबी, वेराजगारी, मिटरब्याजपीडित, सहकारी पीडित र सुकुम्बासी नागरिकका समस्या राज्यले हल गर्नुपर्नेमा आज मानिसले आत्महतया गरेको खबर सुन्दा मन चस्स पोलेर आउँछ । यी सबै विषयमा पनि मुलुकका वामपन्थी शक्तिहरु गम्भीर हुन जरुरी छ । सबै देशभक्तजरु गम्भीर हुन जरुरी छ ।’

उनले जनताका दैनिक समस्याप्रति राज्य संवेदनशील हुन नसकेको आरोप पनि लगाएका छन् । गरिबी, बेरोजगारी, मिटरब्याज, सहकारी ठगी र सुकुम्बासीका समस्या समाधानमा सरकार गम्भीर नहुँदा नागरिकले आत्महत्या गर्न बाध्य भएको अवस्था दुःखद् रहेको भन्दै यी सबै कुराहरुमा वामपन्थी र लोकतन्त्रवादी शक्तिहरु गम्भीर बन्नुपर्नेमा उनले जोड पनि दिएका छन् ।


प्रकाशित मिति: १७ श्रावण २०८३, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?