Trending
>>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने >>   अघिल्लो सरकार र बालेन सरकारमा केही फरक देखिएनः सांसद भाट >>   सरकारको विकल्प नआए सोमवारदेखि फिफाको निर्देशनअनुसार गतिविधि अघि बढाउँछौँ– एन्फा >>   लोककल्याणकारी विज्ञापनमा कटौती गर्ने गर्ने सरकारको निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति >>   देवानगञ्ज र गोलबजार घटनाबारे छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न एमाले सांसद मण्डलको माग >>   काँग्रेस महाधिवेशनमा एकता जुटाउन ‘जस्तोसुकै लचकता’ अपनाउन तयार छुः गगन थापा
Logo
१ आश्विन २०८३, बिहीबार
१ आश्विन २०८३, बिहीबार

मिसन एशियन गेम्सः आगामी पुस्तालाई प्रोत्साहित गर्न जुट्दै स्केटर शरद र गजेन्द्र


मिसन एशियन गेम्सः आगामी पुस्तालाई प्रोत्साहित गर्न जुट्दै स्केटर शरद र गजेन्द्र

काठमाडौँ। पहिलोपल्ट सबैभन्दा ठूलो प्रतियोगितामा प्रतिष्पर्धा गर्न लागेका नेपालका स्केटिङ खेलाडी आगामी २०औं एशियन गेम्सको तयारीमा जुट्दा निकै उत्साहित छन् ।

नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा ७४ वटा खेल संघहरू आधिकारिक रूपमा दर्ता छन् । आगामी एशियन गेम्समा ४३ वटा खेल विधामा प्रतिष्पर्धा हुने भएपनि नेपालले २२ वटा खेलमा मात्र चुनौती प्रश्तुत गर्दैछ । एशियन गेम्स खेल्नु हरेक खेलाडीको सपना हुन्छ । तर सिमितले मात्र यो अवसर पाउँदैछन् । त्यस्तै अवसर प्राप्त गर्नेमध्ये एक स्केटिङ पनि हो । पछिल्ला समय यो खेल युवाहरूमा निकै लोकप्रिय बन्दै गएको छ । बालबालिकाहरू पनि यो खेलप्रति आकर्षित हुन थालेपछि व्यावसायिक रूपमा स्केट पार्कहरू पनि धेरै वटा स्थापना भइरहेका छन् ।

लामो समयदेखि स्केटिङ खेल खेलिँदै आएपनि संस्थागत रूपमा यसको विकास शुरु भएको धेरै भएको छैन । यो खेल खेल्ने ससमित खेलाडी भएपनि आगामी एशियन गेम्स सहभागी हुन पाउनु ठूलो अवसर हो । यही अवसरलाई नेपालका दुई स्केटिङ खेलाडी गजेन्द्र बर्देवा र शरदकुमार राई गुमाउन चाहँदैनन् । आगामी सेप्टेम्बरमा हुने एशियन गेम्समा उत्कृष्ट प्रदर्शन गर्दै आगामी पुस्तालाई समेत प्रोत्साहित गर्ने उनीहरूको लक्ष्य छ । स्केटिङ खेलाडी गजेन्द्र बर्देवाले लामो समयदेखि एशियन गेम्स खेल्ने सपना रहेको र यसपल्ट त्यो अवसर पाउँदा निकै उत्साहित रहेको बताए । विश्व स्केटिङमा नेपालबारे राम्रो छवि बनाउने उनको लक्ष्य छ । आफूहरूले एशियन गेम्समा राम्रो गर्नसके आगामी पुस्ता नै प्रोत्साहित हुने उनको विश्वास छ ।
नेपालका यी दुई खेलाडी स्केटिङ अबको एक माहिना आगामी २० औं एशसयन गेम्सको तयारी थाइल्याण्डमा ब्यस्त हुनेछन् । आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानमा २० औं एशियन गेम्स आयोजना हुँदैछ । उनीहरूले थाइल्याण्डको राष्ट्रिय टोलीसँग नै अभ्यास गर्दैछन् । अन्तर्राष्ट्रिय प्रशिक्षक सुतात सिरिवातको प्रशिक्षणमा नेपालका दुई खेलाडीले तयारी गर्नेछन् । गजेन्द्र बर्देवाले लामो समयदेखि थाइल्याण्डको टोलीलाई पछ्याउँदै आएको र सोही टोलीसँग अभ्यास गर्न पाउनु ठूलो अवसर रहेको बताए । एशियाकै राम्रो टोलीमध्ये एक थाइल्याण्ड पनि हो । ती खेलाडीसँगै खेल्दा स्तरमा पनि सुधार आउने नेपालको विश्वास छ ।

नेपाल स्केटिङ एण्ड स्केट बोर्डिङ संघका महासचिव सत्य थापाकाअनुसार शुक्रवार नेपाली टोली बैंकक प्रस्थान गरिसकेको छ । दुवै खेलाडीले स्ट्रिट विधामा नेपालको चुनौती प्रश्तुत गर्नेछन् । एशियन गेम्समा खेल्ने घोषणा भएलगत्तै खेलाडीद्वय गजेन्द्र बर्देवा र शरदकुमार राईले प्रशिक्षण शुरु गरेका थिए । यो तयारी गरेको करिव डेढ महिना भइसकेको छ । उनीहरू यमबुद्ध स्केट पार्कमा बिहान र बेलुका दुई सेसनमा प्रशिक्षण गर्दै आएका थिए ।

उनीहरूसँगै प्रशिक्षकमा विजय तामाङ पनि थाइल्याण्ड जानेछन् । बैंककस्थित हुआ मक स्केट पार्कमा उनीहरुले प्रशिक्षण गर्ने तालिका रहेको छ । एक महिने प्रशिक्षणपछि खेलाडीले त्यही प्रशिक्षणलाई निरन्तरता दिने वा नेपाल फर्कने अहिले टुंगो लागेको छैन । बैंककमै प्रशिक्षणलाई निरन्तरता दिने विषयमा पनि कुरा भइरहेको महासचिव सत्यले बताए । एक हप्तापछि महासचिव थापाले अनुगमनका लागि जाने कार्यक्रम रहेको छ । एशियन गेम्समा पदक नै जित्ने दाबी नगरे पनि उनीहरूले जापानबाट फर्किंदा नेपालको स्केटिङ परिवारलाई गर्विलो बनाउने विश्वास राखेका छन् । त्यही विश्वास कायम गर्न एक महिनाको अवधिमा धेरै मेहनत गर्ने संकल्प नेपाली खेलाडीमा देखिन्छ ।


प्रकाशित मिति: १७ श्रावण २०८३, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?