Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

सेबोनमाथि सांसद अधिकारीको प्रश्नः ‘वर्षौंसम्म उधारो शेयर कारोबार कसरी लुक्यो ?’


काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नेपाल धितोपत्र बोर्ड (सेबोन) को नियामकीय भुमिकामाथि प्रश्न उठाएकी छिन् ।

बुधवार बसेको अर्थ समितिको बैठकमा सांसद अधिकारीले वर्षौंदेखि भइरहेको भनिएको उधारो शेयर कारोबार, कृत्रिम मूल्यवृद्धि, प्रि–आईपीओमा प्रिमियम निर्धारण र फन्ड म्यानेजरको फ्लिपिङ प्रवृत्तिका बारेमा प्रश्न उठाएकी हुन् । उनले फन्ड म्यानेजरहरूले कोटामार्फत प्राप्त सेयर छोटो अवधिमै बिक्री गरी नाफा कमाउने ‘फ्लिपिङ’ प्रवृत्ति बढेको बताइन् । यसलाई रोक्न सेबोनले लक–इन वा अन्य कुनै प्रभावकारी व्यवस्था गरेको छ कि छैन ? उनले प्रश्न गरिन् । उनले फन्ड म्यानेजरको कोटा हटाउने वा पुनर्संरचना गर्ने विषयमा पनि बोर्डसंग जवाफ मागएकी छिन् । सेबोन ‘प्रो–एक्टिभ’ नियामक बन्नुपर्नेमा ‘रि–एक्टिभ’ रूपमा मात्र हाल काम गरिरहेको उनको आरोप छ । सिमित व्यक्तिले रकम भुक्तानी नै नगरी अर्बौं रुपैयाँ बराबरको सेयर उधारोमा खरिद–विक्री गरी कृत्रिम मूल्यवृद्धि गरेको उनले बताइन् । त्यसमा उच्च तहका कर्मचारीको समेत संलग्नता रहेको आरोप लागेको उनको भनाई छ । धितोपत्र ऐन, २०६३ विपरीत वर्षौंदेखि उधारो कारोबार भइरहँदा सेबोनले त्यसबारे जानकारी किन पाएन ? उनले प्रश्न गरिन् । सम्पती शुद्धीकरण अनुसन्धान विभागले पत्राचार गरेपछि मात्र अनुसन्धान सुरु हुनुले नियामकीय नियकाको कमजोरी देखिएको प्रष्ट भएको उनको भनाई छ । उनले सेबोनले ब्रोकर कम्पनीमाथिको नियमित अनुगमन गर्न नसकेको पनि आरोप लगाएकी छिन् ।

उनले भनिन् , ‘फन्ड म्यानेजरहरुले कोटा मार्फतबाट पाउने जुन यो शेयर छ, त्यसलाई छिट्टै बिक्री गरेर छोटो अवधिमा यो नाफा कमाउने प्रवृत्ति छ नि, फ्लिपिङको प्रवृत्ति, त्यसलाई रोक्नको लागि लक–इन वा अन्य त्यस्तो के व्यवस्था सेबोनले के गरेको छ कि छैन ? यो कोटा हटाउने वा पुनर्संरचना गर्ने विषयमा सेबोनको धारणा के छ ? अर्को मेरो प्रश्न रहेको छ, यो सेबोन प्रो–एक्टिभ हुनुपर्नेमा एकदम रि–एक्टिभ भयो भन्ने छ । सिमित व्यक्तिहरुले अब रकम भुक्तानी नै नगरिकन अरबौँको सेयर चाहीँ उधारोमा खरिद बिक्री गरि जुन कृत्रिम मूल्यवृद्धि गर्ने कामहरु भयो । यसमा उच्च तहका कर्मचारीहरु पनि संलग्न भएको भन्ने कुरा आएको छ । यो विषय नेपालको वित्तीय क्षेत्रको अहिले सम्मको सबैभन्दा ठूलो वित्तीय अपराध हो, सम्पती शुद्धिकरणको मुद्दा पनि खेपिरहेको छ । यसमा धितोपत्र ऐनको, धितोपत्र ऐन २०६३ विपरित यस्तो किसिमको गतिविधिहरु चाहीँ वर्षौंदेखि भएको रहेछ । पछिल्लो घटनामा पनि खास गरेर सम्पत्ति सुद्धिकरण विभागले त्यो पत्र काटेपछि बल्ल त्यो अनुसन्धान शुरु भएको रहेछ । त्यसकारण मेरो प्रश्न, धितोपत्र ऐन विपरित वर्षौँदेखिको उधारो कारोबारहरु हुने, उधारोमा खरिद बिक्री हुने कुरा यत्रो लामो समय सम्म पत्ता नलागेको हो ? यो सेबोनको रियल टाइम बजार अनुगमन गर्ने विषयमा नै कमजोरी थियो ? कसरी त्यो सम्भव भयो ? यतिका वर्षदेखि त्यो सम्भव कसरी भइरह्यो ? ब्रोकर कम्पनी माथि सेबोनले नियमित अनुगमन र लेखा परीक्षणको प्रक्रियामा के थियो ? त्यो प्रक्रियामै त्रुटी थियो कि ? सेबोनले ब्रोकरहरुलाई दैनिक कारोबार अनुगमन प्रणालीको संरचनात्मक सुधारको लागि सेबोनले के कस्तो कदम चालिरहेको छ ? उधारो वा विना भुक्तानी नै कारोबारहरु भएको हुन सक्छ, त्यसको लागि जाँचहरु गर्नुपर्ने विषयमा पनि सेबोनले के कस्तो कदम चालिरहेको छ ? अर्को मेरो आईपीओको विषयमा छ । प्रि–आईपीओको विषय, हिजो आज धेरै कम्पनीहरुमा प्रि–आईपीओको नाममा सर्वसाधारण लगानीकर्ताहरुबाट प्रिमियम सहितको रकम संकलन गर्ने चलन छ । प्रिमियम मूल्य निर्धारण गर्दा त नियमतः खास गरेर प्रति सेयर नेट वर्थको आधारमा गुणा हुनुपर्ने हो । अब यो प्रि–आईपीओमा चाहीँ प्रिमियम कसरी निर्धारण हुन्छ ? यो उठेको रकम ठूलो छ । यो कहाँ कुन कोषमा जम्मा हुन्छ ? यो सुरक्षित कसरी राखिएको हुन्छ ? अर्को आईपीओमा आईपीओ निष्कासन गर्नु भन्दा अगाडि एकदम नाफा भनेर भन्छन्, त्यसपछि आईपीओपछि फेरि केही महिनामै घाटा गएको हुन्छ । प्रवर्धकहरु एकदम सहज किसिमले आफ्नो सेयर बेचेर लक–इन पिरियड सकिने बित्तिकै निस्किन्छन्, एकदम इजिली एक्जिट गर्छन् । त्यसलाई रोक्नको लागि अहिले सेबोनको जुन लक–इन व्यवस्थापन छ, त्यसले त्यो धानिरहेको छ कि छैन ?’

प्रि–आईपीओका नाममा सर्वसाधारणबाट प्रिमियमसहित रकम संकलन गर्ने अभ्यास बढेको उल्लेख गर्दै उनले सेबोनको धााराणा माग गरिन् । उनले आईपीओ निष्कासनमा पनि चलखेल हुने गरेको बताएकी छिन् । आईपीओ निष्कासनअघि उच्च नाफाको प्रक्षेपण गरिने तर केही महिनामै कम्पनी घाटामा जाने प्रवृत्ति दोहोरिएको उनको भनाई छ ।


प्रकाशित मिति: ३१ असार २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?