Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

हर्मुज जलडमरूमार्फत हुने ढुवानीमा शुल्क नलगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा


एजेन्सी। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हर्मुज जलडमरूमार्फत आउजाउ गर्ने व्यावसायिक जहाजहरूमा शुल्क लगाउने आफ्नो पूर्वप्रस्ताव फिर्ता लिएका छन् । शुल्कको सट्टा अमेरिकाले खाडी मुलुकहरूबाट ठूलो मात्रामा लगानी भित्र्याउने सम्झौता गर्ने उनले बताएका छन् ।

सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा एक पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले मध्यपूर्वी देशका नेतृत्वहरूसँगको फलदायी वार्तापछि यो निर्णय लिएको जानकारी दिए । उनले भनेका छन् , ‘मैले २० प्रतिशतको ‘संयुक्त राज्य अमेरिका शोधभर्ना शुल्क’को सट्टा खाडी मुलुकहरूले अमेरिकासँग गर्ने व्यापार र लगानी सम्झौताहरूलाई प्राथमिकता दिने निर्णय गरेको छु ।’

उनले खाडी राष्ट्रहरूले अमेरिकामा ठूलो परिमाणमा लगानी गर्ने र यो विषय आफ्ना लागि सन्तोषजनक रहेको समेत उल्लेख गर। यसअघि ट्रम्पले उक्त रणनीतिक जलमार्गको सुरक्षा गरेबापत अमेरिकालाई शोधभर्ना गराउन ढुवानीमा २० प्रतिशत शुल्क लगाउने प्रश्ताव गरेका थिए ।

राष्ट्रपति ट्रम्पले हर्मुज जलडमरू इरानबाहेक अन्य सबै मुलुकका जहाजका लागि खुला रहने स्पष्ट पारेका छन् । यद्यपि, इरानमाथिको जलसेनाको नाकाबन्दी भने निरन्तर रहने उनले बताए । यसैबीच, राष्ट्रपति ट्रम्पले इरानविरुद्ध सैन्य कारबाही पुनः शुरु गरिएको विषयमा गत शुक्रबार नै अमेरिकी कंग्रेसलाई औपचारिक जानकारी गराइसकेका छन् ।

युद्ध अन्त्य गर्ने उद्देश्यका साथ अमेरिका र इरानबीच १४ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको महिना दिन पनि नबित्दै दुई देशबीच पुनः द्वन्द्व चर्किएको छ। पछिल्लो समय भएका अमेरिकी हवाई आक्रमण र इरानी प्रत्याक्रमणले वासिङ्टन र तेहरानबीचको सम्बन्ध थप तनावपूर्ण बनेको छ ।


प्रकाशित मिति: ३१ असार २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?