Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

युएनएफपीएका नयाँ प्रतिनिधिले बुझाए ओहदाको प्रमाणपत्र


युएनएफपीएका नयाँ प्रतिनिधिले बुझाए ओहदाको प्रमाणपत्र

काठमाडौँ। नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए)का नवनियुक्त प्रतिनिधि श्रीराम हरिदासले परराष्ट्रमन्त्री शिशिर खनाल समक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेका छन् ।

युएनएफपीएका नवनियुक्त प्रतिनिधि हरिदासले मङ्गलवार परराष्ट्रमन्त्री खनाल समक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेका हुन् । यसअघि करिब एक वर्ष नेपालका लागि युएनएफपीएको अन्तरिम प्रतिनिधिका रूपमा जिम्मेवारी समेत सम्हालेका श्रीलङ्काकन नागरिक हरिदासले जुलाई २०२६ देखि युएनएफपीएको पूर्ण प्रतिनिधिका रूपमा कार्यभार सम्हालेका हुन् । उनिसँग एसिया र अफ्रिकाका विभिन्न मुलुकहरूमा रणनीतिक नेतृत्व, जनसङ्ख्या कार्यक्रम तथा मानवीय सहायताका क्षेत्रमा दुई दशक बढीको कार्य अनुभव रहेको छ । ओहदाको प्रमाणपत्र पेश गर्ने क्रममा मन्त्री खनाल र प्रतिनिधि हरि दासबीच नेपाल सरकार र युएनएफपीएबीचको दीर्घकालीन साझेदारीलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ ।

जनसङ्ख्या तथा विकास, यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार, लैङ्गिक समानता र तथ्याङ्कमा आधारित नीति निर्माणका क्षेत्रमा रणनीतिक सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता समेत छलफलका क्रममा व्यक्त गरिएको छ । परराष्ट्र मन्त्री खनालले जनसङ्ख्या तथा विकासका प्राथमिकताहरू अघि बढाउन र स्वास्थ्य प्रणालीलाई थप सशक्त बनाउन नेपालले युएनएफपीएसँगको लामो साझेदारीलाई उच्च महत्व दिएको बताए ।

नवनियुक्त प्रतिनिधि हरिदासले नेपालको विकास प्राथमिकता तथा अन्तर्राष्ट्रिय जनसङ्ख्या तथा विकास सम्मेलन (आईसीपीडी) को कार्ययोजनाप्रति युएनएफपीएको प्रतिबद्धता दोहोर्‍याउँदै राष्ट्रिय जनसङ्ख्या प्रणालीलाई सुदृढ बनाउन सरकार र सरोकारवालासँग मिलेर काम गर्ने बताउनुभयो । युएनएफपीएले सन् १०७१ देखि नेपाल सरकारसँग साझेदारी गर्दै आएको छ । संस्थाले यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार, लैङ्गिक समानता, युवा सशक्तीकरण, जनसंख्या तथ्याङ्क प्रणालीको सुदृढीकरण तथा विकासको मूलधारमा कसैलाई पनि पछाडि नछोड्ने राष्ट्रिय प्रयासमा निरन्तर सहयोग गर्दै आएको छ ।


प्रकाशित मिति: ३० असार २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?