Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

१२ औं एशियाली उमेरसमूह पौडीमा १६ नेपाली खेलाडीले खेल्ने


१२ औं एशियाली उमेरसमूह पौडीमा १६ नेपाली खेलाडीले खेल्ने

काठमाडौँ। नेपालका १६ खेलाडीले  थाइल्याण्डमा हुने १२ औं एशियाली उमेरसमूह स्विमिङ च्याम्पियनसिपमा चुनौती प्रश्तुत गर्ने भएका छन् ।

थाइल्याण्डको बैंकक शहरमा जुलाई १७ देखि २७ सम्म १२ औं एशियाली उमेरसमूह स्विमिङ च्याम्पियनसिप आयोजना हुँदैछ । उक्त प्रतियोगितामा नेपालका ६ महिला र १० पुरुष गरी १६ खेलाडीले प्रतिष्पर्धा गर्ने भएका हुन् । १६ खेलाडीसहित कुल १९ सदस्यीय टोली बुधवार थाइल्याण्ड प्रस्थान गर्ने कार्यक्रम रहेको छ । सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहेता र नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठ लगायतले बिदाइ गरेका थिए ।

सो अवसरमा संघले मन्त्री सस्मित पोखरेललाई आगामी कार्यकालको सफलताको लागि शुभकामना पत्र प्रदान गरेको थियो । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पौडीका संरचना र पूर्वाधार स्तरोन्नतीका लागि सरकारले काम गर्ने बताएका छन् । मन्त्री पोखरेलले अहिलेसम्म सरकार, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र खेल संघले नै खेलकुदमा राम्रो गर्न नसकेको अवस्थामा खेलाडीले धेरै सफलता दिलाउककंदै आएको बताए । यस्तो अवस्थामा पनि खेलाडीको उपलब्धि सह्रानीय रहेको भन्दै मन्त्री पोखरेल प्रशंसा गरे । तर आफ्नो सरकार खेलाडीका लागि आवश्यक काम गर्न लागिरहेको उनको भनाइ छ ।

नेपाली टोलीको प्रमुख प्रशिक्षकमा सुदीप राजभण्डारी, प्रशिक्षकमा सुमन महर्जन र व्यवस्थापकमा राजु महर्जन छन् । पुरुषमा आरभ अग्रवाल, आरोन भण्डारी, आरुष अवाले, अभिभ प्रधान, इसान क्षेत्री तिवारी र रेवन्तबहादुर श्रेष्ठ रहेका छन् । महिलामा आभा वैद्य, आध्याश्री जोशी, अनाया श्रेष्ठ, देवान्शी जोशी, इरा अमात्य, पलिशथा शाक्य, राज्भी सौम्य शाह, सम्यामी । घिमिरे, संस्कृति अधिकारी र सेरेन अवाले छन् । कुल १०८ वटा विधामा १६ खेलाडीले  चुनौती प्रस्तुत गर्ने संघका सचिव गंगा गोलेले जानकारी दिनुभयो । टोलीमा रहेका अभिभ प्रधान जापानमा हुने आगामी २० औँ एशियन गेम्सका खेलाडी हुन् ।

नेपाल पौडी संघकाअनुसार प्रतियोगितामा नेपाली खेलाडीहरूले व्यक्तिगत स्पर्धासँगै रिले इभेन्टमा पनि प्रतिष्पर्धा गर्नेछन् । तीन वटा उमेरसमूह नेपाली खेलाडीहरूले प्रतिष्पर्धा गर्नेछन् । एशियाका उत्कृष्ट जुनियर पौडीबाज सहभागी हुने यस प्रतियोगिताले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय अनुभव हासिल गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास संघले लिएको छ ।


प्रकाशित मिति: ३० असार २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?