Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

जसपाको संसदीय दलको नेतामा रामसहायप्रसाद निर्वाचित


जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको नेतामा रामसहायप्रसाद यादव निर्विरोध निर्वाचित हुनुभएको छ ।

संसदीय दलको नेतामा यादव निर्विरोध निर्वाचित हुनुभएको जसपाका प्रवक्ता मनिस सुमनले जानकारी दिनुभयो । संसदीय दलको नेता चयनका लागि यादवको मात्र मनोनयन दर्ता भएकाले निर्वाचन समितिले यादवलाई नै दलको नेतामा निर्विरोध निर्वाचित घोषणा गरेको हो ।

यादव बारा निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद हुनुहुन्छ । जसपाको संसदीय दलको नेतामा सङ्घीय परिषद् अध्यक्ष अशोक राईसहित सांसदद्वय राजकिशोर यादव र नवलकिशोर साहले पनि दाबी गर्दै आउनुभएको थियो । तथापी दलको नेता चयनका लागि दुबै नेताले उम्मेदवारी नदिनुभएको जसपाले जनाएको छ । प्रतिनिधिसभामा जसपाका १२ जना सांसद हुनुहुन्छ । जसपाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको छ ।


प्रकाशित मिति: १३ पुष २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?