Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

महासङ्घद्वारा बजेट विनियोजनका लागि आग्रह


३० चैत्र ,काठमाडौँ । नेपाल पत्रकार महासङ्घले आगामी आर्थिक वर्षको बजेटमा पत्रकारका मुद्दा सम्बोधनका लागि बजेट विनियोजनका लागि आग्रह गरेको छ ।

महासङ्घका अध्यक्ष विपुल पोखरेल नेतृत्वको टोलीले आज अर्थमन्त्री डा प्रकाशशरण महत र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई छुट्टाछुट्टै भेट गरी पत्रकारका माग सम्बोधनका लागि आग्रह गरेको हो ।

भेटमा आगामी आवको बजेटमा पत्रकारलाई निःशुल्क स्वास्थ्य सेवाका लागि बजेट विनियोजन गर्न माग गरिएको महासङ्घ अध्यक्ष पोखरेलले जानकारी दिए । उनका अनुसार महासङ्घलाई भौतिक पूर्वाधार निर्माणका साथै ‘न्यू मिडिया’का सञ्चालक, पत्रकार र सम्पादकहरूलाई प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सञ्चालनका लागिसमेत आवश्यक बजेट विनियोजन गर्नका लागि माग गरिएको छ ।

अर्थमन्त्री महतले मुलुक आर्थिक सङ्कटको अवस्थामा रहेको र बजेट विनियोजनमा मितव्ययिता अपनाउनुपर्ने अवस्था आएको भन्दै सोही परिधिभित्र रहेर माग सम्बोधन गर्ने आश्वासन दिनुभएको अध्यक्ष पोखरेलले जानकारी दिए ।

सञ्चारमन्त्री शर्माले पनि माग सकारात्मक भएको भन्दै सम्बोधनका लागि आफूले प्रयास गर्ने बताएकि थिईन्‌ । भेटमा अध्यक्ष पोखरेलसहित वरिष्ठ उपाध्यक्ष रमेश बिष्ट, कोषाध्यक्ष कलेन्द्र सेजुवाल, पूर्वमहासचिव पोषण केसी तथा महासङ्घका लुम्बिनी प्रदेश अध्यक्ष वसन्त गिरीलगायतको उपस्तिथि थियो ।


प्रकाशित मिति: ३० चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?