Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

महासङ्घद्वारा बजेट विनियोजनका लागि आग्रह


३० चैत्र ,काठमाडौँ । नेपाल पत्रकार महासङ्घले आगामी आर्थिक वर्षको बजेटमा पत्रकारका मुद्दा सम्बोधनका लागि बजेट विनियोजनका लागि आग्रह गरेको छ ।

महासङ्घका अध्यक्ष विपुल पोखरेल नेतृत्वको टोलीले आज अर्थमन्त्री डा प्रकाशशरण महत र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई छुट्टाछुट्टै भेट गरी पत्रकारका माग सम्बोधनका लागि आग्रह गरेको हो ।

भेटमा आगामी आवको बजेटमा पत्रकारलाई निःशुल्क स्वास्थ्य सेवाका लागि बजेट विनियोजन गर्न माग गरिएको महासङ्घ अध्यक्ष पोखरेलले जानकारी दिए । उनका अनुसार महासङ्घलाई भौतिक पूर्वाधार निर्माणका साथै ‘न्यू मिडिया’का सञ्चालक, पत्रकार र सम्पादकहरूलाई प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सञ्चालनका लागिसमेत आवश्यक बजेट विनियोजन गर्नका लागि माग गरिएको छ ।

अर्थमन्त्री महतले मुलुक आर्थिक सङ्कटको अवस्थामा रहेको र बजेट विनियोजनमा मितव्ययिता अपनाउनुपर्ने अवस्था आएको भन्दै सोही परिधिभित्र रहेर माग सम्बोधन गर्ने आश्वासन दिनुभएको अध्यक्ष पोखरेलले जानकारी दिए ।

सञ्चारमन्त्री शर्माले पनि माग सकारात्मक भएको भन्दै सम्बोधनका लागि आफूले प्रयास गर्ने बताएकि थिईन्‌ । भेटमा अध्यक्ष पोखरेलसहित वरिष्ठ उपाध्यक्ष रमेश बिष्ट, कोषाध्यक्ष कलेन्द्र सेजुवाल, पूर्वमहासचिव पोषण केसी तथा महासङ्घका लुम्बिनी प्रदेश अध्यक्ष वसन्त गिरीलगायतको उपस्तिथि थियो ।


प्रकाशित मिति: ३० चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?