Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

रास्वपालाई एमाले नेता ज्ञवालीको आग्रहः ‘राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको संरक्षणमा सरकार सजग होस्’


काठमाडौँ। नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारका प्रारम्भिक निर्णय र गतिविधिमाथि प्रश्न उठाउँदै लोकतान्त्रिक संस्थालाई कमजोर बनाउने प्रवृत्तित्र दोहोरिए वर्तमान जनमत दीर्घकालीन रूपमा कायम नरहने चेतावनी दिएका छन् ।

चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता ज्ञवालीले नेपालजस्तो मुलुकले गलत निर्णयबाट उत्पन्न हुने भूराजनीतिक दबाब थेग्न कठिन हुने भएकाले राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको संरक्षणमा सरकार सजग रहनुपर्ने बताएका छन् । उनले सरकार गठन भएको सय दिन नपुग्दै केही निर्णय र गतिविधिले प्रश्न खडा गरेको उल्लेख गर्दै महाधिवेशनमार्फत ती प्रश्नको जवाफ दिन रास्वपालाई आग्रह गरेका छन् । उनले लोकतन्त्र नियन्त्रण र सन्तुलनको व्यवस्थामा आधारित रहेको भन्दै न्यायपालिका, राष्ट्रपति संस्था, संसद तथा आलोचनात्मक आवाजहरू कमजोर पार्ने प्रयास भए जनताको समर्थन क्रमशः क्षयीकरण हुने चेतावनी पनि दिएका छन् । उपमहासचिव ज्ञवालीले सरकारका केही प्रारम्भिक कदम रास्वपाको आफ्नै चुनावी प्रतिवद्धता तथा लोकतन्त्र सुदृढीकरणको वाचासँग मेल नखाएको देखिएको टिप्पणी पनि गरेका छन् ।

उनले भने, ‘एउटा कुनैपनि गलत निर्णयले पार्नसक्ने भूराजनीतिक दबाब नेपालजस्तो देशले थेग्न धेरै गाह्रो हुन्छ । त्यसो भएको हुनाले तपाईहरुको यो जनमत राष्ट्रिय स्वाधिनता र राष्ट्रिय हितको रक्षाका लागि सुदृढ हुन सकोस् भन्ने मेरो कामना छ । दोस्रो, सरकारले अझै सय दिन पुरा गरेको छैन । आलोचना गर्न मन छैन र यो आलोचना गर्ने थलो पनि होइन । तर पनि प्रारम्भिक केही निर्णयहरु, केही गतिविधिहरुले केही प्रश्नहरु भने खडा गरेका छन् । तपाईहरुले यो महाधिवेशनबाट ती प्रश्नहरुको जवाफ दिनुपर्छ । किनभने लोकतन्त्र भनेको नियन्त्रण र सन्तुलनको व्यवस्था हो । यदि न्यायालयहरु कमजोर भए, राष्ट्रपति संस्था कमजोर भयो, यदि संसद कमजोर भयो यदि आलोचनाका स्वरहरु कमजोर भए, यदि जनताका आलोचनाहरुलाई बेवास्ता गर्ने प्रवृत्तितिर अघि बढियो भने स्वभाविक छ त्यो जनमत सधैंभरी नरहन सक्छ । प्रारम्भिक दिनहरुले लोकतन्त्रलाई बलियो बनाउने तपाईहरुको आफ्नै वाचापत्रसँग मेल नखाने कतिपय घटनाहरु भएका छन् । हामी चाहन्छौँ, ती कुराहरु अपवाद बनौँ ।’

उनले लोकतान्त्रिक संस्थाको सम्मान, आलोचनाको ग्रहणशीलता र जनमतप्रतिको उत्तरदायित्व कायम राख्न रास्वपालाई आग्रह गरेका छन् ।


प्रकाशित मिति: ७ असार २०८३, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?