Trending
>>   रास्वपाका कारण संसदको लोगो लगाएर हिँड्न लाज लाग्ने अवस्था आयोः प्रमुख सचेतक बर्तौला >>   कर्मचारीहरूप्रति ऊर्जा मन्त्री खड्काको कटाक्षः कामप्रति गम्भीर नहुने प्रवृत्तिले देश कहाँ पुग्छ ? >>   मिस्टर महानगर बडिबिल्डिङको तयारी पूरा >>   सत्तारुढ दलहरु एकअर्कालाई सिध्याउने मानसिकताले अघि बढेः महासचिव गुरुङ >>   राज्य बेपत्ता नागरिकप्रति संवेदनहीन भएको महासचिव चन्दको आरोप >>   भिजिट भिसा प्रकरणको अनुसन्धानको लागि उच्चस्तरीय छानबिन आयोग चाहिन्छः रास्वपा >>   सरकारले कोठाभित्र बोलाएर बाहिर निस्किने ढोका बन्द गरिदियोः इप्पान >>   देशभित्र भविष्य खोज्ने अभियानलाई तिब्रता दिनुपर्छः अर्थमन्त्री पौडेल >>   रास्वपाका सांसदहरूले निलो स्कार्फ लगाएर नाराबाजी गरेपछि काँग्रेसको नियमापत्ति, बैठक स्थगित >>   भिजिट भिसा प्रकरणमा न्यायिक आयोग गठन गर्न रास्वपाको माग
Logo
३ असार २०८२, मंगलवार
३ असार २०८२, मंगलवार

२५ औँ भूकम्प सुरक्षा दिवस कमलपोखरीमा मनाइने


यस वर्षको २५ औँ भूकम्प सुरक्षा दिवस कमलपोखरीमा मनाइने भएको छ । आगामी माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन काठमाडौँ महानगरपालिकामा आज भएको छलफलका क्रममा व्यवस्थापन उपसमितिको बैठकले उक्त निर्णय गरेको हो । छलफलका क्रममा नगर उपप्रमुख सुनिता डङ्गोलले दिवसको अवसरमा सुरु हुने कार्यक्रमलाई महानगरले वर्षैभरि सञ्चालन गर्ने जनाउँदै विद्यालयको सुरक्षित भौतिक संरचनाका लागि विद्यालय स्तरमा गएर जानकारी दिइने बताउनुभयो ।

बैठकमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले मानिसले भूकम्प बिर्सिदै गएर भवन संहिता पालनामा पनि लापर्वाही गर्न थालेको स्मरण गराउनुभयो । अनधिकृत संरचना आफैँ व्यवस्थापन गर्न सम्बन्धितका नाममा सार्वजनिक सूचना जारी गरिएको र अटेर गर्नेलाई कारवाही प्रक्रिया अगाडि बढाइने महानगरले जानकारी दिएको छ । यही पुस १८ गते भूकम्प सुरक्षा दिवस मूल समारोह समितिका संयोजक, उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको संयोजकत्वमा बसेको बैठकले कामपाको संयोजकत्वमा व्यवस्थापन उपसमिति गठन गरेको थियो । त्यसैगरी सहरी विकास तथा भवन निर्माण विभागको संयोजकत्वमा प्रचार प्रसार उपसमिति गठन गर्ने निर्णय गरिएको थियो । बैठकले यस वर्षका लागि ‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ भन्ने नारा तय गरेको छ । विसं १९९० माघ २ गतेको विनाशकारी भूकम्पले पु¥याएको क्षतिको सम्झना गर्दै अबका पुस्ताले यस प्रकारको क्षति व्यहोर्नु नपरोस् भनेर सजग गराइ राख्न यो दिवस मनाउने गरिएको छ ।

विसं २०५५ देखि हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । भूकम्पलाई विज्ञानसँग जोडेर २०५७ सालसम्म विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यक्रम आयोजना गरेको थियो । विसं २०५८ देखि गृहमन्त्रीको संयोजकत्वमा मूल समारोह समिति गठन गरेर दिवस मनाउन थालिएको हो ।


प्रकाशित मिति: २७ पुष २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?