Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

शान्तिको धुन सार्वजनिक


काठमाडौँ । शान्तिको धुन गीत सार्वजनिक भएको छ ।

आईतवार काठमाडौंमा विश्व शान्तिका लागि संगीत महाअभियानमा नेपाल टेलिकमको सहयोग तथा सहकार्यमा गीत सार्वजनिक भएको हो ।

गीतकार एसपी कोईरालाले बौद्धिक सम्पती सम्बन्धी संवैधानिक हकको प्रभावकारी कार्यान्वयन र कला–साहित्यको उत्थानका लागि ‘संस्थागत सामाजिक उत्तरदायित्व’ (सीएसआर) अन्तर्गतको लगानी सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । कोईरालाले गीत सिर्जना गर्नु एक कठिन कार्य भएको उल्लेख गर्दै यस क्षेत्रको विकासमा राज्य र नाफामूलक संस्थाहरूले विशेष ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले साहित्य, सङ्गीत र कलाको प्रवद्र्धनमा सरकारले पर्याप्त ध्यान नदिएको जनगुनासो सम्बोधन गर्दै नेपाल टेलिकम जस्ता संस्थाहरूले देखाएको सक्रियता प्रशंसनीय रहेको बताउनु भयो । नेपालको संविधान २०७२ को धारा २५ ले बौद्धिक सम्पतीलाई सम्पतीको हकका रूपमा स्थापित गरेको स्मरण गराउँदै कोईरालाले संविधानमा लिपिबद्ध अधिकारलाई व्यवहारमा उतार्न आवश्यक ऐन, नियम र कार्यविधि निर्माण हुनुपर्नेमा जोड दिनुभयो । उहाँले विशेष गरी प्रतिलिपि अधिकार र रोयल्टीको विषय निकै पेचिलो बन्दै गएको भन्दै यसमा सरकारी निकायको सक्रिय सहयोगको खाँचो औँल्याउनु भयो ।

उहाँले भन्नुभयो, ‘नाफामूलक संस्थाहरूले आफ्नो नाफाको एक प्रतिशत रकम सीएसआर अन्तर्गत सामाजिक र सांस्कृतिक क्षेत्रमा खर्च गर्नुपर्ने कानुनी प्रावधान छ । तर यसको कार्यान्वयन अझै प्रभावकारी हुन सकेको छैन । नीति निर्माण तहमा रहनुभएका जनप्रतिनिधिहरूले यस्ता विषयमा गम्भीरता देखाउनु आवश्यक छ ।’

उहाँले स्रष्टाहरूको बौद्धिक सम्पतीको संरक्षण गर्दै उनीहरूको श्रमको सम्मान गर्न राज्य र सम्बन्धित निकायलाई आग्रह गर्नुभयो ।


प्रकाशित मिति: १७ जेष्ठ २०८३, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?