Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

सरकारले जनअपेक्षाअनुसार काम गरिरहेको छ : मन्त्री शर्मा


३० चैत्र, काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गरिरहेको बताएकी छन् ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले तीव्र गतिका साथ काम गरिरहेको बताइन् । सेवा प्रवाह, कानून निर्माण र अर्थतन्त्र सुधारका क्षेत्रमा सरकारले उल्लेखनीय काम भएको उनको भनाइ छ ।

“भर्खरै साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेका छौँ, नयाँ गठबन्धन बन्ने तथा मन्त्रिपरिषद् पुनः गठनका कारण केहीलाई त्यस्तो लागेको हुनसक्छ”, उनले भनिन्, “सरकारले गति लिएको छ, धेरै राम्रा काम भएका छन्, जनतालाई आशा जगाउन सक्नु ठूलो काम हो ।”

सत्ता गठबन्धनभित्र कुनै पनि समस्या नरहेको उनको भनाइ थियो । “गठबन्धनका दलहरुबीच संवादहिनताको अवस्था छैन, हामी निरन्तर संवादमै छौँ”, उनले भनिन् ।

सरकारको काम कारबाहीलाई लिएर सदन तथा बाहिर खबरदारी गर्ने राम्रो कुरा हो भन्दै मन्त्री शर्माले सत्ता पक्ष होस् वा प्रतिपक्षले सरकारलाई खबरदारी गरेको विषयलाई सकारात्मकरुपमा लिनुपर्ने बताए ।


प्रकाशित मिति: ३० चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?