Trending
>>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

राष्ट्रपतिद्वारा संसदको संयुक्त बैठकमा गरिने सम्बोधनको मस्यौदा मन्त्रिपरिषद्बाट स्वीकृत


काठमाडौँ । सरकारले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट प्रश्तुत हुने सम्बोधनको मस्यौदा स्वीकृत गर्ने निर्णय गरेको छ ।

सोमवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिबाट गरिने उक्त सम्बोधनलाई स्वीकृत गर्ने निर्णय गरेको हो । बैठकका निर्णयहरूबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सस्मित पोखरेलले सोमवार अपराह्न ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तय भएको बताएका छन् ।

नेपालको संविधानको धारा ९५ मा राष्ट्रपतिले संघीय संसदको कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यहरूको उपस्थिति आह्वान गर्नसक्ने व्यवस्था रहेको छ । सोही संवैधानिक प्रावधान अनुरूप सरकारले राष्ट्रपतिको सम्बोधनको विषयवस्तुलाई औपचारिक रूपमा स्वीकृत गरेको हो ।


प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?