Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

अवतरणका क्रममा टर्किस एयरलाइन्सको टायरमा आगो, डेढ घण्टापछि उडान सेवा सुचारु


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको जहाज अवतरणका क्रममा टायरमा आगलागी भएपछि केही समय अवरुद्ध भएको उडान सेवा पुनः सञ्चालनमा आएको छ।

इस्तानबुलबाट आएको टीके–७२६ नम्बरको जहाज अवतरण गर्ने क्रममा टायरबाट आगो निस्किएपछि विमानस्थलमा आकस्मिक अवस्था सिर्जना भएको थियो। दमकलको सहायताले आगो नियन्त्रणमा लिएपछि जहाज हटाएर करिब डेढ घण्टापछि उडान–अवतरण सुचारु गरिएको हो।

घटनापछि विमानस्थलमा यात्रुको चाप बढेको छ भने टर्किस एयरलाइन्सको इस्तानबुल उडान टीके–७२७ रद्द गरिएको बताइएको छ। ढिलाइका कारण यात्रुहरू भने प्रभावित बनेका छन्।


प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?