Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

नवनिर्वाचित अध्यक्ष श्रेष्ठद्वारा पदभार ग्रहण


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठले पदबहाली गरेका छन् ।

बिहीवार महासंघ कार्यालयमा उनले पदबहाली गरेका छन् । अध्यक्ष श्रेष्ठसहितका पदाधिकारीहरुले समेत पदबाहाली गरेका छन् । पदबाहालीपछि बोल्दै अध्यक्ष श्रेष्ठले निजी क्षेत्रको मनोबल उकास्न आफ्नो कार्यकालमा काम गर्ने बताएका छन् । उनले निजी क्षेत्रको मनोबल बढाउन सरकारसँग समन्वय गरेर विभिन्न नीतिगत सुधार गर्ने समेत बताएका छन् । उनकाअनुसार निजी क्षेत्रलाई प्रोत्साहन र लगानी सुरक्षाको प्रत्याभुति दिन सरकार गम्भीर बन्नुपर्छ । निजी क्षेत्रको प्रवद्र्धन तथा सुरक्षा सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भइसकेकोतर्फ लक्षित गर्दै उनले अब यसको पूर्ण कार्यान्वयन हुनुपर्नेमा जोड दिए । श्रेष्ठले अहिले बजारमा माग अत्यन्त कमजोर रहेको, जनताको क्रयशक्ति घटेको तथा अर्थतन्त्रमा पुँजी परिचालन सुस्त भएको अवस्था रहेको बताए । उनले पुँजी परिचालन बढाउन सरकारले आगामी बजेटबाट आवश्यक कदम चाल्नुपर्नेमा जोड दिएका छन् ।

अध्यक्ष श्रेष्ठकाअनुसार अहिले विशेषगरी साना तथा मझौला उद्योगहरू अहिले सबैभन्दा बढी समस्यामा छन् । बैंकिङ प्रणालीमा प्रशस्त लगानीयोग्य रकम भएपनि साना उद्योगहरूले आवश्यक कर्जा र लगानी पाउन नसकेको अवस्था छैन । विगतमा सहकारी क्षेत्रले करिव ६ खर्ब रुपैयाँ पुँजी परिचालन गर्दै आएको तर सहकारी संकटपछि साना उद्योगमा लगानी अभाव चुलिएको उनको भनाइ छ । अध्यक्ष श्रेष्ठले अब बैंकहरूले साना तथा मझौला उद्योगमा लगानी कसरी विस्तार गर्ने भन्ने विषयमा स्पष्ट रणनीति बनाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।

 


प्रकाशित मिति: २४ बैशाख २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?