Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

भृकुटीमण्डपमा साउथ एशिया ट्रेड फेयर शुरु


काठमाडौं। काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा साउथ एशिया ट्रेड फेयर शुरु भएको छ ।

बिहीवारदेखि शुरु भएको फेयरको नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष दीपक मल्होत्राले उद्घाटन गरेका छन् । फेयरमा दक्षिण एशियाली देशका उद्योग, व्यापार तथा सेवासम्बन्धी उत्पादनहरु प्रदर्शनीको लागि राखिएको छ । दक्षिण एशियाली राष्ट्रहरुको विभन्न उत्पादन तथा सेवाको प्रवद्र्धन, बजार सम्भाव्यता अध्ययन, तथा क्रेता–विक्रेताबीच सहकार्य विस्तार गर्ने उद्देश्यले मेला आयोजना गरिएको आयोजकले जनाएको छ ।

मेलामा कपडा तथा रेडिमेड सामग्री, सौन्दर्य सामग्री, हस्तकला, सवारीसाधन तथा पार्टपुर्जा, फर्निचर, कृषि उत्पादन, सूचना प्रविधि, घरेलु उपकरणलगायतका विभिन्न क्षेत्रका उत्पादन तथा सेवा लगायतका सामग्रीहरूमा प्रदर्शनीमा राखिएको छ । साथै, व्यापारिक भेटघाट, फुड फेस्टिवल, रक्तदान कार्यक्रम तथा मनोरञ्जनात्मक गतिविधिहरू समेत सञ्चालन गरिने जनाइएको छ । मेलाले नेपालमा लगानी तथा व्यापार विस्तारका नयाँ सम्भावनाहरू सिर्जना गर्ने विश्वास गरिएको छ । देशभित्र लामो समयदेखि सुस्त रहेको व्यापारिक वातावरण र लगानीगत अनिश्चिततालाई तोड्दै मेलाले निजी क्षेत्रलाई सक्रिय बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ । वैशाख २८ गतेसम्म चल्ने मेलामा भारत, बङ्गलादेश, नेपाल, भूटान, पाकिस्तान, अफगानिस्तान, श्रीलंका र माल्दिभ्सलगायतका देशहरूको सहभागिता रहेको छ ।


प्रकाशित मिति: २४ बैशाख २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?