Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

प्रधानमन्त्रीले आफ्ना मान्छेलाई प्रधानन्यायाधीश बनाउन अनेक जालझेल गर्दैछन्ः गगनकुमार थापा


प्रधानमन्त्रीले आफ्ना मान्छेलाई प्रधानन्यायाधीश बनाउन अनेक जालझेल गर्दैछन्ः गगनकुमार थापा

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र साहले आफ्नो मान्छेलाई प्रधानन्यायाधीश बनाउनका लागि अनेक जालझेल गरिरहेको आरोप लगाएका छन् ।

बुधवार पार्टी संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्री साहले आफ्नो मान्छेलाई प्रधानन्यायाशी बनाउनका लागि संवैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याएको जिकिर समेत गरेका छन् । संसदको अधिवेशन आह्वान गर्ने र संसदको अधिवेशन बन्द गर्ने सो खेल सरकारले आफ्नो मान्छेलाई प्रधानन्यायाधीश बनाउनका लागि रचिएको प्रपञ्च भएको सभापति थापाको भनाई छ । उनले प्रधानमन्त्री साहले संवैधानिक परिषद्माथि आफ्नो नियन्त्रण कायम गर्न सो सम्बन्धि कानून अध्यादेशमार्फत संशोधन गराएको पनि बताए । प्रधानमन्त्री साहले आफ्नो मान्छेलाई प्रधानन्यायाधीश बनाउने कुरा आफ्नो पार्टीलाई मान्य नहुने चेतावनी समेत सभापति थापाले बताएका छन् ।

उनले भने,‘भोली संवैधानिक परिषद्को बैठक बोलाइएको छ ५ बजे । प्रधानन्यायाधीश कसलाई बनाउने भन्नेबारेमा राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा सोच बनाएको छ । त्यो प्रधानन्यायाधीश बनाउने पात्र प्रश्तुत गर्छु, त्यसका लागि तर्क प्रश्तुत गर्छुं । यसको आधारमा संवैधानिक परिषद्बाट यसको निर्णय गराउँछु भनेर होइन । मैले प्रश्तुत गरेको प्रश्ताव म पारित गराउँछु भनेर कस्तो जालझेल गरिएको छ भने प्रधानमन्त्री हुनुहुन्छ, सभामुख हुनुहुन्छ । र भोली कानूनमन्त्री आउनुहुन्छ । उहाँ आइसकेपछि तीन जनाले पारित गरेको कुरा बहुमत हुन्छ भनेर यो प्रधानन्यायाधीश कसलाई बनाउने ? आफूले खल्तीबाट झिकेको नामलाई प्रधानन्यायाधीश बनाउने । जसलाई मन लाग्यो, त्यसलाई बनाउने । त्यहाँभित्र अमङ द उम्मेदवार । यो कुरा सोचेर यसरी त्यो संवैधानिक परिषद्लाई आफ्नो नियन्त्रण राख्नका लागि यस्तो ठूलो संसद आह्वान गर्ने, संसद बन्द गर्ने सबै प्रपञ्च रचिएको छ । अगाडिको प्रधानमन्त्रीले ठ्याक्कै यही गर्नुभयो । त्यो बेला हामीले रोक्यौँ । अब अहिले हामीले रोक्न सकेनौँ । किनकी यो अध्यादेश बनेर गयो । तर अगाडिको प्रधानमन्त्रीले आफ्नो मान्छे ल्याउनका लागि गरिएको त्यो भन्दा के फरक भयो र यो ? यो भन्दा अगाडिको प्रधानमन्त्रीले आफनो मान्छे नियुक्तिका लागि पूरै जालझेल गर्नुभयो । अहिलेको प्रधानमन्त्रीले पनि त्यही जालझेल गर्दै हुुनहुन्छ । यो आपत्तिजनक छ । यसमा नेपाली काँग्रेस पार्टीको प्रश्न छ । यसमा हाम्रो असहमती छ । यो कुरा हामीले यहाँ राखेका छौँ । यो कुरा हाम्रा साथीहरुले संसदमा राख्नु हुन्छ ।’

बिहीवार भोली अपरान्ह ५ बजे संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री साहले बोलाएका छन् । सभापति थापाले प्रधानन्यायाधीश आफनालाई बनाउनका लागि प्रधानमन्त्रीले सो बैठक बोलाउनुभएको भन्दै त्यस्ता खालका जालझेल आपत्तिजनक रहेको बताएका छन् ।


प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?