Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

सीमा क्षेत्रमा असन्तुष्टी देखिए पनि तस्करी नियन्त्रण आवश्यक थियोः रवि लामिछाने


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सीमा क्षेत्रमा तस्करी व्यापक बनेको भन्दै त्यसलाई नियन्त्रण गर्न सरकारले कडाइ गरेको बताउनुभएको छ । अहिले सीमा क्षेत्रमा तस्करी रोक्दा केही असन्तुष्टी देखिएपनि तस्करी नियन्त्रण गर्नैपर्ने अवस्थामा सरकारले कडाइ गर्नुपरेको बताउनुभएको हो । आईतवार निजी क्षेत्रसँगको संवादमा उहाँले सीमा क्षेत्रमा बसोवास गर्ने नागरिकहरूको जीवनशैली नै वारिपारि आवतजावत गरेर सस्तो बजारबाट किनमेल गरी जीवन चलाउने रहेको भएपनि खुलमखुल्ला भइरहेको तस्करीलाई राज्यले टुलुटुलु हेरेर बस्न नसक्ने बताउनु भयो । यद्यपी उपभोक्ताका दृष्टिकोणबाट सीमा क्षेत्र संवेदनशील रहेकाले अहिलेको कडाइलाई पुर्नर्विचार गर्ने तयारी भइरहेको उहाँले बताउनु भयो । सभापति लामिछानेले भन्नुभयो–‘देश नै तस्करमय भएको छ भन्ने पनि प्रश्न आएको छ । त्यसलाई नियन्त्रण गर्दाखेरि अहिले अलिकति बोर्डर साइडमा केही असन्तुष्टीका स्वरहरु सुनिएको छ । एकातिर उपभोक्तका हिसाबले बोर्डर एरिया अलिकति ध्यान दिनुपर्ने ठाउँ के छ भने, बोर्डर एरियामा मान्छेको जीवनशैलीका रूपमा हामी वारिपारि गएर आफ्नो जीवन चलाउँछौँ, तुलनात्मक रूपमा त्यो सस्तो बजार छ । तर सँगसँगै वारि व्यवसायीहरू हुनुहुन्छ, उहाँहरूको व्यवसाय पनि फस्टाउन जरुरी छ, तुलनात्मक रूपमा त्यो उपभोक्ताका लागि महँगो पर्न जाने अवस्था हुन्छ । यो दुई वटै कुरालाई मध्यनजर गरेरै सरकारले नीतिहरु बनाउनुपर्ने हुन्छ । जनजीवन पनि प्रभावित नहोस् र हाम्रो प्राथमिकता हाम्रा उद्यमी,व्यापारी, व्यवसायीहरूको उन्नति हो, सँगसँगै हाम्रा उपभोक्ता, आम सर्वसाधारणको जनजीवनको सहजता पनि हो । यो दुइटाको बीचमा तालमेल हुनको लागि केही समय लाग्न सक्छ, यसलाई यहाँहरूले अन्यथा रूपमा नलिनुहोला ।’ सभापति लामिछानेलेसीमावर्ती क्षेत्रमा रहेका स्वदेशी व्यवसाय फस्टाउनुपर्ने आवश्यकता रहेको औल्याउँदै सस्तो विदेशी बजारका कारण उनीहरू प्रभावित हुने अवस्था रहेको बताउनु भयो ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सीमा क्षेत्रमा तस्करी व्यापक बनेको भन्दै त्यसलाई नियन्त्रण गर्न सरकारले कडाइ गरेको बताएका छन् ।

अहिले सीमा क्षेत्रमा तस्करी रोक्दा केही असन्तुष्टी देखिएपनि तस्करी नियन्त्रण गर्नैपर्ने अवस्थामा सरकारले कडाइ गर्नुपरेको बताएका हुन् । आईतवार निजी क्षेत्रसँगको संवादमा उनले सीमा क्षेत्रमा बसोवास गर्ने नागरिकहरूको जीवनशैली नै वारिपारि आवतजावत गरेर सस्तो बजारबाट किनमेल गरी जीवन चलाउने रहेको भएपनि खुलमखुल्ला भइरहेको तस्करीलाई राज्यले टुलुटुलु हेरेर बस्न नसक्ने बताए । यद्यपी उपभोक्ताका दृष्टिकोणबाट सीमा क्षेत्र संवेदनशील रहेकाले अहिलेको कडाइलाई पुर्नर्विचार गर्ने तयारी भइरहेको उनले बताएका छन् ।

सभापति लामिछानेले भने,‘देश नै तस्करमय भएको छ भन्ने पनि प्रश्न आएको छ । त्यसलाई नियन्त्रण गर्दाखेरि अहिले अलिकति बोर्डर साइडमा केही असन्तुष्टीका स्वरहरु सुनिएको छ । एकातिर उपभोक्तका हिसाबले बोर्डर एरिया अलिकति ध्यान दिनुपर्ने ठाउँ के छ भने, बोर्डर एरियामा मान्छेको जीवनशैलीका रूपमा हामी वारिपारि गएर आफ्नो जीवन चलाउँछौँ, तुलनात्मक रूपमा त्यो सस्तो बजार छ । तर सँगसँगै वारि व्यवसायीहरू हुनुहुन्छ, उहाँहरूको व्यवसाय पनि फस्टाउन जरुरी छ, तुलनात्मक रूपमा त्यो उपभोक्ताका लागि महँगो पर्न जाने अवस्था हुन्छ । यो दुई वटै कुरालाई मध्यनजर गरेरै सरकारले नीतिहरु बनाउनुपर्ने हुन्छ । जनजीवन पनि प्रभावित नहोस् र हाम्रो प्राथमिकता हाम्रा उद्यमी,व्यापारी, व्यवसायीहरूको उन्नति हो, सँगसँगै हाम्रा उपभोक्ता, आम सर्वसाधारणको जनजीवनको सहजता पनि हो । यो दुइटाको बीचमा तालमेल हुनको लागि केही समय लाग्न सक्छ, यसलाई यहाँहरूले अन्यथा रूपमा नलिनुहोला ।’

सभापति लामिछानेलेसीमावर्ती क्षेत्रमा रहेका स्वदेशी व्यवसाय फस्टाउनुपर्ने आवश्यकता रहेको औल्याउँदै सस्तो विदेशी बजारका कारण उनीहरू प्रभावित हुने अवस्था रहेको बताएका छन् ।


प्रकाशित मिति: २० बैशाख २०८३, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?