Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

बुद्ध दर्शन विश्वमा शान्ति स्थापना गर्ने सबैभन्दा शक्तिशाली हतियार होः पर्यटनमन्त्री पौडेल


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले बुद्ध दर्शन विश्वमा शान्ति स्थापना गर्ने सबैभन्दा शक्तिशाली हतियार भएको बताएका छन् ।

बिहीवार ललितपुरमा आयोजित बौद्ध सभामा बोल्दै मन्त्री पौडेलले बुद्धको दर्शन व्यक्तिगत साधनाबाट सुरु भएर विश्व कल्याणमा पुग्ने पवित्र मार्ग बन्ने बताएका छन् । त्यस अवसरमा उनले सबैलाईं सकारात्मक सोच, सहअस्तित्व र सामूहिक मंगलको भावना आत्मासात गर्दै अघि बढने संकल्प गर्न पनि आह्वान गरेका छन् ।

उनले भने,‘बुद्धले सिकाउनु भएको करुणा निरपेक्ष प्रेम हो । यस्तो प्रेम, जुन हाम्रो जात, धर्म, भाषा, विचार वा सीमा भन्दा माथि उठेको हुन्छ । आजको विश्वमा शान्ति स्थापना गर्न शक्तिशाली हतियार होइन, करणामय चेतनाको आवश्यक्ता छ । व्यक्तिको चित्त शान्ति भयोभने परिवार शान्त हुन्छ । परिवार शान्ति भयो भने समाज शान्त हुन्छ । समाज शान्त भयो भने देश र विश्व शान्त हुन्छ । त्यसैले बुद्धको मार्ग व्यक्तिगत साधनाबाट शुरु भएर विश्व कल्याणमा पुग्ने पवित्र मार्ग हो । यस पावन अवसरमा हामी सबैले सकारात्मक सोच, सहअस्तित्व र सामूहिक मंगलको भावना आत्मासात गर्ने संकल्प गरौ । हामी जो सोच्दछौ, त्यही बन्दछौ भन्ने सत्यलाई स्मरण गर्दै शुभ चिन्तन, शुभकर्म र शुभ आचरणतर्फ अग्रसर होऔ । बुद्ध जयन्ति समारोहले समाजमा शान्ति, भदभाव, करुणा र नैतिक चेतनाको ज्योति अझ प्रज्वलित गरिरहोस मंगलमय शुभकामना व्यक्त गर्दछु ।’

मन्त्री पौडेलले सत्यमा अडिएर बुद्धले प्रतिपादन गर्नुभएको शान्ति, सदभाव, करुणा र नैतिक चेतनाको ज्योतिलाई अझै प्रज्वलित गर्नुपर्ने पनि बताएका छन् ।


प्रकाशित मिति: १७ बैशाख २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?