Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

निर्वाचन शान्तिपूर्ण भएपनि खर्चिलो र भड्किलो भएको ईओसी नेपालको निष्कर्ष


निर्वाचन शान्तिपूर्ण भएपनि खर्चिलो र भड्किलो भएको ईओसी नेपालको निष्कर्ष

काठमाडौँ । निर्वाचन पर्यवेक्षण समिति नेपाल (ईओसी नेपाल) ले विगतका निर्वाचनको तुलनामा यस पटकको निर्वाचन ऐतिहासिक रूपमा शान्तिपूर्ण, मर्यादित र निष्पक्ष भएको बताएका छन्

बिहीवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै निर्वाचन पर्यवेक्षण समिति नेपाल (ईओसी नेपाल)का अध्यक्ष श्रीकृष्ण सुवेदीले ३६ वटा राष्ट्रिय र तीनवटा अन्तर्राष्ट्रिय संस्थाहरूको प्रतिवेदनले पनि यस निर्वाचनलाई धाँधलीरहित र भयरहित देखाएको उल्लेख गरेका छन् । उनले आफू स्वयंले १२ वटा जिल्लाका विभिन्न मतदान केन्द्रहरूको प्रत्यक्ष पर्यवेक्षण गर्दा वातावरण अत्यन्तै संयमित र उत्साहजनक पाएको बताए । तर निर्वाचनको प्रक्रियागत सुधार भएपनि उम्मेदवारहरूले गर्ने खर्चको प्रवृत्तिमा भने कुनै कमी नआएको उनको भनाइ छ । निर्वाचन आयोगले तोकेको खर्चको सीमा अव्यवहारिक रहेको तर्क गरे । अध्यक्ष सुवेदीले पर्यवेक्षणका क्रममा एउटै ¥यालीमा ११७ वटा रिजर्भ गरिएका गाडी, ५३ वटा अटो र १ हजार ३ सय भन्दा बढी मोटरसाइकल प्रयोग भएको भेटिएको तथ्य प्रश्तुत गर्दै निर्वाचनलाई भड्किलो र खर्चिलो हुनबाट जोगाउन संविधान र कानूनमै परिमार्जन आवश्यक रहेकोमा उहाँले राजनीतिक दल र सरोकारवालाहरूको ध्यानाकर्षण गराएका छन् ।

उनले भने, ‘निर्वाचन आयोगले तोकेको ३० लाखको सीमाले उम्मेदवारहरूको वास्तविक खर्च धान्ने स्थिति देखिँदैन । उम्मेदवारहरूले महिना दिनसम्म सयौँ कार्यकर्ता परिचालन गर्ने, सवारी साधन र इन्धनमा गर्ने खर्च हेर्दा वर्तमान कानूनी सीमा अपर्याप्त र अप्राविधिक देखिएको छ ।’

ईओसी नेपालले निर्वाचन खर्चका विषयमा छुट्टै विस्तृत अनुसन्धान प्रतिवेदन छिट्टै सार्वजनिक गर्ने तयारी गरिरहेको समेत जानकारी दिएको छ ।


प्रकाशित मिति: १७ बैशाख २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?