Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

सुकुम्बासी समस्या समाधानका क्रममा कुनैपनि नागरिकलाई घरबारविहीन नबनाइने : रवि लामिछाने


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुकुम्बासी समस्या समाधानका क्रममा कुनैपनि वास्तविक नागरिकलाई घरबारविहीन नबनाइने प्रतिवद्धता व्यक्त गरेका छन् ।

खोला किनारका जोखिमपूर्ण र गैरकानूनी रूपमा हडपिएका क्षेत्रहरू खाली गराउने कदम चालिएको स्पष्ट पार्दै उनले राज्यको यो कदम नागरिकको सुरक्षा र कानूनी प्रणाली स्थापित गर्नका लागि भएको बताएका छन् । बस्ती व्यवस्थापनका क्रममा केही नागरिकलाई केही दिन असहजता भएको स्वीकार गरेका छन् । उनले वास्तविक सुकुम्बासी र घरबारविहीनहरूको पहिचानका लागि लगत सङ्कलन कार्य भइरहेको र उनीहरूको गाँस, बास र कपासको ग्यारेन्टी राज्यले गर्ने बताएका छन्। पछिल्लो समय भइरहेका कदमहरूको राजनीतिक अपव्याख्या भइरहेको प्रति सङ्केत गर्दै लामिछानेले प्रतिपक्षी र अन्य दलहरूले नागरिकमा डर पैदा गराउन खोजेको आरोप लगाएका छन् । स्थानीय सरकारको क्षेत्राधिकारको सम्मान गर्दै उनले स्थानीय तहले पनि नागरिकलाई घरबारविहीन नबनाई प्रणालीभित्र ल्याउने विश्वास व्यक्त गरे । खोला किनारमा वर्षौँदेखि बाढीको त्रास र असुरक्षित अवस्थामा बसिरहेका नागरिकका लागि यो कदम दीर्घकालीन समाधान भएको उनको तर्क छ ।

सभापति लामिछानेले भने, ‘राज्यको स्रोत र पहुँचको ससमितताका कारण प्रक्रियागत रूपमा केही दिन दुःख भएको हुनसक्छ । तर एकजना पनि नागरिकलाई घरबारविहीन बनाउने सरकारको उद्देश्य छैन । घण्टीमा भोट हालेका कारण बस्ती भत्काउन लागिएको भनी फैलाइएको भ्रम गलत हो । प्रधानमन्त्रीज्यूले नै यी क्षेत्रहरू जोखिमपूर्ण भएकाले प्राथमिकतामा राखेर व्यवस्थित गर्ने भन्नुभएको छ । अहिलेको केही दिनको दुःखले भविष्यको पुस्ताका लागि सुनिश्चितता प्रदान गर्छ। यो भन्दा उत्तम विकल्प भए हामी सिक्न र सुधार गर्न तयार छौँ ।’

सभापति लामिछानेले सरकारले नीतिगत रूपमै यो समस्याको सदाका लागि समाधान गर्ने र कोही पनि लावारिस हुनु नपर्ने आश्वासन दिएका छन् । आफूहरूले चुनावी वाचा पत्रमार्फत नै यस्ता समस्या समाधान गर्ने प्रतिबद्धता गरेको स्मरण गराउँदै उहाँले प्रक्रियाभन्दा पनि नतिजा महत्वपूर्ण हुने र सरकारले छिट्टै सकारात्मक नतिजा दिने दाबी गरेका छन् । कुनैपनि भड्काउमा नलाग्न आग्रह गर्दै उनले नागरिकको जिउधन र अधिकारको रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।


प्रकाशित मिति: १६ बैशाख २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?