Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

पूर्वगृहमन्त्री सुदन गुरुङमाथी चाँडै छानविन हुन्छः सभापति लामिछाने


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पूर्वगृहमन्त्री सुधन गुरुङमाथी छिट्टै छानविन गर्ने बताएका छन् ।

बुधवार बसेको संसदीय दलको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले छानविन प्रक्रिया छिट्टै शुरु हुने जानकारी दिएका छन् । गुरुङले नै आफूमाथी छानविनको माग गरेको उनले बताएका छन् । उनकाअनुसार कुन प्रक्रियाबाट छानविन गर्ने भन्ने विषय भने टुंगो लागेको छैन ।

उनले भने, ‘छानविनको प्रक्रिया चाँडै शुरु हुन्छ,त्यो कस्तो प्रकारको हुन्छ भन्ने तपाईहरुले जानकारी पाईहाल्नु हुन्छ, उहाँले अहिले नैतिकता देखाएर, म माथी प्रश्न उठेको हुनाले छानविन गरियोस् नै भन्नुभएको छ । उहाँमाथी छानविन हुन्छ, कुन प्रक्रिया बाट छानविन गर्ने भन्ने छ, चाँडै छानविन हुन्छ ।’

विवादीत व्यवसायी दीपक भट्टसंग अनुचित कारोबार लागेको आरोप लागेपछि गुरुङले गृहमन्त्रीबाट राजिनामा दिएका थिए ।


प्रकाशित मिति: १६ बैशाख २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?