Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

निर्वाचन भन्दा सर्वसम्मतिलाई प्राथमिकता दिएका कारण ढिलाइ भयोः गगन थापा


निर्वाचन भन्दा सर्वसम्मतिलाई प्राथमिकता दिएका कारण ढिलाइ भयोः गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसको संसदीय दलको नेता चयनको प्रक्रिया आज औपचारिक रूपमा टुंगिएको छ ।

पार्टीका सभापति गगनकुमार थापाकाअनुसार लामो कसरत र संवादपछि सांसद भीष्मराज आङदेम्बेलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गर्ने निर्णय भएको हो । नेपाली काँग्रेसको कार्यसम्पादन समितिको बैठकमा आङदेम्बेको नामलाई सर्वसम्मत रूपमा प्रश्ताव गरिएको थियो । उक्त प्रश्तावलाई पार्टीका सबै नेताहरूले सम्मानका साथ स्वीकार गरेको सभापति थापाले जानकारी दिएका छन्। नेतृत्व चयनमा ढिलाइ भएको विषयमा स्पष्टीकरण दिँदै थापाले यसलाई ‘लाचारी’ नभई ‘परिपक्वता’ को संज्ञा दिएका छन् । आङदेम्बेलाई नेता चयन गर्ने प्रक्रियामा अर्का वरिष्ठ नेता अर्जुन नरसिंह केसी र अन्य आकांक्षी सांसदहरूले पनि सहमति जनाएका छन् । विशेष गरी युवा पुस्ताका सांसदहरूले पार्टीको राष्ट्रिय आवश्यकतालाई बुझेर सर्वसम्मत नेतृत्वका लागि आफूहरू त्याग गर्न तयार रहेको बताएका थिए ।

उनले भने, हाम्रो पार्टीमा प्रतिष्पर्धा हुनु स्वभाविक हो, तर यस पटक धेरै जसो सांसदहरूको चाहना सर्वसम्मत नेतृत्व चयन होस् भन्ने थियो । पार्टीभित्र प्रतिष्पर्धा गराउन सजिलो छ, तर सर्वसम्मत गराउन धेरै गाह्रो छ । तपाईंहरूले बाहिर ढिलो भयो भनिरहँदा हामी भित्र निर्णयलाई परिपक्व बनाउँदै थियौँ । यो ढिलाइ अल्छी गरेर वा लाचार भएर भएको होइन । सबै पक्षसँग संवाद र छलफल गर्नुपर्ने भएकाले केही समय लागेको हो ।’

आङदेम्बेको नेतृत्वले पार्टीको मूल आदर्श र अहिलेको राष्ट्रिय आवश्यकतालाई आत्मसात गर्ने विश्वास सभापति थापाले व्यक्त गरे । उनले नयाँ र पुराना सबै सांसदहरूलाई एकतावद्ध बनाएर लैजान उहाँ सक्षम हुनेमा जोड दिएका छन् ।


प्रकाशित मिति: १४ बैशाख २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?