Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

जनताको मन दुखाउने काम गरे सरकारको कडा रुपमा प्रतिवाद गर्छौंः भिष्मराज आङदेम्बे


जनताको मन दुखाउने काम गरे सरकारको कडा रुपमा प्रतिवाद गर्छौंः भिष्मराज आङदेम्बे

काठमाडौँ । नेपाली काँग्रेसका नवनिर्वाचित संसदीय दलका नेता भिष्मराज आङदेम्बेले सरकारले जनताको मन दुखाउने काम गर्ने कडा रुपमा प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

सोमवार काँग्रेस संसदीय दलको नेतामा सर्वसम्मत रुपमा चयन भएलगत्तै उनले सञ्चारकर्मीहरुमाझ सो प्रतिवद्धता व्यक्त गरेका छन्। सरकारले राम्रो काम गरे समर्थन र नराम्रो काम गरेर काँग्रेसले प्रमुख प्रतिपक्ष दलको रुपमा कडा रुपमा प्रतिवाद गर्ने नेता आङदेम्बेको कार्ययोजना थियो । उनले लोकतन्त्रमा संसद प्रतिपक्षको हुने उल्लेख गर्दै त्यसमा जिम्मेवार दलको हैसियतमा काँग्रेस प्रस्तुत हुने समेत बताएका छन् ।

उनले भने, ‘हामीले सरकारको राम्रो कामको समर्थन र जनताले मन दुखाउने खालको काम राज्यबाट भयो वा देखियो भने हामी त्यसको सशक्त रुपमा प्रतिवाद गर्दछाँै । विशेष गरेर हामीले अपनाएको प्रणाली विशेष गरेर लोकतन्त्रमा संसद प्रतिपक्षको हुन्छ । र प्रतिपक्षको जिम्मेवारी विशेष गरी तपाईहरु सामिप्यतामा रहेर धेरै कुराहरु तपाईबाट लिएर हामी काम गर्नेछौँ । र मुलुकलाई पार्र्टीले लिएको नयाँ अवधारणाअनुसार अघि बढाउन काम गर्नेछु ।’

नेता आङदेम्बेले मुलुकलाई नयाँ ढंगले अघि बढाउने गरी पार्टीले नयाँ अवधारणा ल्याएको दावी गर्दै त्यसलाई अघि बढाउन पनि आफू लागिपर्ने बताएका छन् ।


प्रकाशित मिति: १४ बैशाख २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?